१४ महिनामै दोब्बर उत्पादन, लिपमोटरको २० लाखौं गाडी रोलआउट
काठमाडौं–चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी लिपमोटरले आफ्नो २०...
नेपाली बजारमा सर्बाधिक बिक्री हुँदै आइरहेको इलेक्ट्रिक एसयुभी एमजी जेडएस इभीको फेसलिफ्ट मोडल आइतबार लन्च हुने भएको छ । यसको २ भेरियन्टलाई लन्च गरिने र लगत्तै बुकिङ समेत खुल्ला गरिने कम्पनीले बताएको छ ।
हाल कारोबार भैरहेको रेगुलर मोडलको तुलनामा ठूलो ब्याट्री साइज जडान गरिएको यो एसयुभीको इन्टेरियर र एक्स्टेरियसमा समेत केही परिबर्तन गरिएको छ । हाल उपलब्ध मोडलमा ४४.५ किलोवट आवरको ब्याट्री प्याक उपलब्ध रहेकोमा त्यसलालाई बढाएर ५१.१ र ७२.६ किलोवाट आवर पुर्याइएको छ । ब्याट्रीको साइज बढाइएका कारण यसले दिने रेन्ज समेत बढ्ने देखिन्छ भने मूल्य समेत पहिलेको तुलनामा केही महंगो पर्नेछ ।
सन् २०१९ को अन्त्यतिर नेपाल भित्रिएको यो एसयुभीलाई इभी पारखीले अत्याधिक मात्रामा रुचाइरहेका कारण यो फेसलिफ्ट मोडलको माग समेत उच्च रहने अनुमान गरिएको छ । हाल उपलब्ध मोडललाई कम्पनीले ५१ लाख रुपैयाँमा बिक्री गरिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...