हिरोका नयाँ प्रिमियम मोटरसाइकल १५० देखि ३५० सीसी सेग्मेन्टमा आउने
विश्वकै ठूलो दुई–पांग्रे सवारी साधन निर्माता कम्पनी हिरो मोटोकर्पले...
भारतमा एमजी मोटर इन्डियाले इलेक्ट्रिक एसयूभी एमजी जेडएस ईभीको फेसलिफ्ट मोडल लन्च गरेको छ । दुई ट्रिममा उपलब्ध सो गाडीको मूल्य २० लाख ९९ हजार र २४ लाख १८ हजार भारु तोकिएको छ ।
भारतमा सबैभन्दा पहिले सन् २०२० को प्रारम्भमा लन्च गरिएको सो इलेक्ट्रिक एसयूभी भारतमा टाटा नेक्सन पश्चात सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयूभी मानिन्छ । यो युरो एनक्याप क्र्यास टेस्टमा फाइभ स्टार पाउन सफल सबैभन्दा सुरक्षित कारमध्ये एक पनि हो ।
एमजीले सो इलेक्ट्रिक एसयूभीलाई अझै दमदार बनाउन चाहेको र यसैका कारण नै थप अपडेट गरेको बताएको छ ।
एमजी जेडएस ईभीको एक्साइट भेरिएन्टमा चमकदार लोगो, फ्रन्ट र रियरमा सिटबेल्ट रिमाइन्डरका साथै २०.३२ सेमी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । यसलाई एप्पल कारप्ले र एन्ड्रोइड अटोका साथ जोडिएको छ । यसमा ६ एयरब्याग छन् ।
एक्सक्लसिभ ट्रिममा कनेक्टेड कार टेक्नोलोजी, ड्युअल प्यानल प्यानोरामिक सनरुफ, पीएम २.५ फिल्टर, लेदर सिट, इलेक्ट्रो–फोल्डेबल विङ मिरर, हिटेड ओआरभीएम, रेन सेन्सिङ वाइपर, सिक्स–वे पावर एड्जस्टेबल ड्राइभर सिट आदि सुविधा छ । कारमा भएको नयाँ आईस्मार्ट सिस्टमले सुविधालाई सपोर्ट गर्छ ।
एमजीको यो इलेक्ट्रिक गाडीमा ४४.५ किलोवाट आवरको ब्याट्री प्याकका साथ सिंक्रोनस मोटर उपलब्ध छ । यसलाई एक पटक फुल चार्ज गर्दा ४१९ किलोमिटर अनुमानित रेन्ज दिने किसिमले अपग्रेड गरिएको छ । यो भन्दा पहिले देखि उपलब्ध मोडलको रेन्ज ३४० किलोमिटर थियो ।
उक्त मोटरले १४२ बीएचपी पावर र ३५३ एनएम टर्क जेनेरेट गर्छ । कारमा टायर प्रेसर मोनिटरिङ सिस्टम, प्रोजेक्टर हेडल्याम्प र एलईडी डेटाइम रनिङ लाइट आदि उपलब्ध छन् । यसको ग्राउन्ड क्लियरेन्स १७७ एमएम छ ।
नेपाली बजारमा पारामाउन्ट मोटर्सले पहिले देखि नै एमजी जेडएस ईभी बिक्री–वितरण गरिरहेको छ । पछि नेपाली बजारमा विभिन्न करका दरमा गरिएको वृद्धिका कारण यसको बिक्री गर्न र किन्न समेत ग्राहकहरु इच्छुक नदेखिएको अवस्था थियो ।
अब अपग्रेड गरिएको एमजी जेडएस ईभी पनि नेपाली बजारमा छिट्टै नै उपलब्ध हुने पारामाउन्ट मोटर्सले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...