एमजीले सस्तो र सानो इलेक्ट्रिक कार ल्याउने, यस्तो हुनेछ फिचर

एमजी मोटर इन्डियाले इन्ट्री लेभल इलेक्ट्रिक कारको रोड टेस्ट सुरु गरेको छ । यो इलेक्ट्रिक कार वुलिङ एयर ईभीमा आधारित छ, जुन हालै इन्डोनेसियामा लन्च गरिएको थियो । यसलाई भारतीय बजार अनुसार डिजाइन गरी लन्च गरिनेछ । रिपोर्टका अनुसार कम्पनीले यसलाई अर्को वर्षको सुरुमा लन्च गर्न सक्नेछ ।

एमजीले गत वर्ष नै भारतमा १० लाखदेखि १५ लाख भारुसम्म मूल्यको इलेक्ट्रिक कार लन्च गर्ने घोषणा गरेको थियो । एमजीले घोषणा गरे अनुसार एमजीको सस्तो र सानो इलेक्ट्रिक कार वुलिङ एयर ईभी हुने अपेक्षा गरिएको छ । जसको कोडनेम ई२३० राखिएको छ । यो नयाँ ईभी मुख्यतया सहरी प्रयोगको लागि हुनेछ ।

वुलिङ एयरको लम्बाई २.९ मिटर र २०१० एमएमको ह्विलबेस छ । इन्डोनेसियामा बिक्री हुने मोडलमा १२ इन्चको स्टिल ह्विलहरू पाइन्छ, तर भारतीय मोडलमा अलोय ह्विल हुनेछ । साथै यसमा टेलगेट माउन्टेड स्पेयर ह्विल हुनेछ ।

एमजीको यो नयाँ ईभीमा टाटा अटोकम्पको ब्याट्री प्याक हुनेछ, जसको भारतमा ब्याट्री प्याक डिजाइन, निर्माण तथा आपूर्ति र सेवा गर्न चिनियाँ ब्याट्री आपूर्तिकर्ता गोशानसँग संयुक्त लगानी छ । यसमा एलएफपी सेलको पनि प्रयोग गरिने छ ।

एमजीले जनवरीमा हुने अटो एक्स्पो २०२३ मा एमजीको इन्ट्री लेभल ईभी सार्वजनिक गर्नेछ ।
.

सम्बन्धित समाचारहरू

जिली ईएक्स५ मा नेपाली उपभोक्ताको रुची बढ्दै, पर्फमेन्स र डिजाइन प्रमुख आकर्षण

जिली ईएक्स५ मा नेपाली उपभोक्ताको रुची बढ्दै, पर्फमेन्स र डिजाइन प्रमुख आकर्षण

काठमाडौं–हालसालै नेपाली बजारमा प्रवेश गरेको प्रख्यात चिनियाँ ईभि...

नेपाल–चीन सीमानामा देखियो एमजी एस५ ईभी, केही दिनमै बुकिङ खुल्ने

नेपाल–चीन सीमानामा देखियो एमजी एस५ ईभी, केही दिनमै बुकिङ खुल्ने

काठमाडौं – नेपाल चीन सीमानामा एमजी एस५ ईभी देखिएको छ । नेपाली बजारमा धेरैले...

नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार : बीवाईडी अल न्यु ई६

नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार : बीवाईडी अल न्यु ई६

काठमाडौं – नेपालमा उपलब्धहरु इलेक्ट्रिक कार मध्ये सबैभन्दा धेरै रेन्ज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...