पावर नघटाई नेपाल आएको प्रोटोन ईमास ७ चर्चामा, मूल्य र विशेषतामा यस्ता छन् अन्य प्रतिस्पर्धी
मोटर क्षमताका आधारमा कर निर्धारण हुने प्रावधानसँगै अधिकांश विद्युतीय...
एमजी मोटर इन्डियाले गत वर्ष फेस्टिभ सिजनमा आफ्नो मिड साइज एसयूभी एस्टर लन्च गरेको थियो । सो एसयूभी निकै लोकप्रिय रहयो । कम्पनीले एस्टर एसयूभीको बढ्दो मागलाई पूरा गर्न उत्पादन बढाउने योजना बनाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०२२–२३ को अन्त्य अघि नयाँ मोडल ल्याएर आफ्नो इलेक्ट्रिक सवारी साधनको पोर्टफोलियो विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो लोकप्रिय जेडएस इलेक्ट्रिकलाई पनि अपडेट गर्नेछ ।
रिपोर्टका अनुसार एमजीले फेब्रुअरीमा अपडेट जेडएस ईभी पेश गर्नेछ । नयाँ मोडलको एक्सटेरियर र इन्टेरियरमा महत्वपूर्ण परिवर्तन गर्नेछ । नयाँ मोडलमा नयाँ ५१ केडब्ल्युएच ब्याट्री प्याक पाउने सम्भावना छ, जसले एक पटक चार्जमा ४८० किलोमिटरको रेन्ज दिन सक्षम हुनेछ ।
हाल उपलब्ध जेडएस ईभीमा ४४.५ केडब्ल्युएच क्षमताको ब्याट्री प्याक प्रदान गरिएको छ, जसको अनुमानित दायरा ४१९ किलोमिटर छ । नयाँ मोडलमा नयाँ फ्रन्ट फेसिया, अपडेटेड लाइटिङ सिस्टम र नयाँ बम्परसहितको नयाँ क्लोज्ड ग्रिल समावेश गर्नेछ । कारमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, वायरलेस फोन चार्जर, एस्टरमा जस्तै एआई असिस्टेन्ट र एडीएएस सिस्टम समावेश गर्नेछ ।
एमजी मोटर इन्डियाले पनि सन् २०२२/२३ मा इलेक्ट्रिक भेइकल लन्च गर्ने आधिकारिक घोषणा गरेको छ, जसको मूल्य १० लाखदेखि १५ लाख भारु बीच हुनेछ । यो अल इलेक्ट्रिक क्रसओभर वैश्विक प्लेटफर्ममा आधारित हुनेछ जुन भारतीय बजारको लागि मोडिफाई गर्नेछ ।
सो एसयूभी सब–४ मिटर क्रसओभर हुने र सिंगल चार्जमा ३०० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ । यसले भारतमा टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
मोटर क्षमताका आधारमा कर निर्धारण हुने प्रावधानसँगै अधिकांश विद्युतीय...
काठमाडौं – शशिला मोटर्स प्रालिले भेन्चे (Vanche) ब्रान्डको २२ सिट क्षमताको नयाँ...
काठमाडौं – रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो र जीहो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...