सार्वजनिक भयो एमजी एचएसको मूल्य : सुरुवाती मूल्य ७९ लाख ९९ हजार

काठमाडौं – नेपाली बजारमा लन्च गर्ने घोषणा गरिएको एमजी एचएस एसयूभीको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ हुने भएको छ ।

नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आज यसको मूल्य सार्वजनिक गरेको हो । सो कार एक महिना पछि नेपाली बजारमा उपलब्ध हुने घोषणा गरिएको छ ।

पारामाउन्ट मोटर्सले केही दिन पहिले यसको बुकिङ खुल्ला गरेको छ । यसको मूल्य आज फेब्रुअरी २ तारिखका दिन सार्वजनिक गर्ने बताएको थियो ।

नेपाली बजारमा एमजीको एसजीई प्लस १.५ लिटर टर्बो पेट्रोल इन्जिनसहितको एचएस गाडी उपलब्ध हुनेछ । यसमा भएको टर्बोचार्ज्ड फोर सिलिन्डर इन्जिनले १६२ बीएचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स छ । यसको टप स्पिड १९० किलोमिटर प्रतिघण्टा हुनेछ ।

एमजी एचएसको इन्टेरियर विशेष प्रिमियम स्टाइलको छ । यसमा १०.१ इनचको इनफोटेनमेन्ट सिष्टम छ, जुन एप्पल कारप्ले र एन्ड्रोइड अटोको सपोर्टमा चलाउन सकिन्छ । यसमा भएको ३६० डिग्री क्यामेरा र अटो क्लाइमेट सिष्टमले गाडी चलाउन झनै सहज बनाउछ ।

एमजी एचएसमा फोरवे इलेक्ट्रिक एड्जस्टेबल लेदर सिट, प्यानोरामिक सनरुफ, आकर्षक ड्यासबोर्ड कलर र सुरक्षाका लागि ६ वटा एयरब्याग र एबीएस तथा ईबीडीलगायतका विभिन्न सुरक्षात्मक संयन्त्र समेत छन् ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...