बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – एमजी अर्थात ब्रिटिश ब्रान्ड मोरिस ग्यारेजको नयाँ एसयूभी एचएस नेपाली बजारमा उपलब्ध हुने भएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले यसको लागि बुकिङ खुला गरिएको बताएको छ ।
हाल नेपाली बजारमा उपलब्ध एमजी जेडएस भन्दा ठूलो आकारमा रहेको एमजी एचएस विश्व बजारमा १.५ लिटर र २.० लिटर गरी दुई इन्जिन अप्सनमा उपलब्ध भए तापनि नेपाली बजारमा भने १.५ लिटर इन्जिन अप्सनमा उपलब्ध हुनेछ ।
यसको मूल्य विभिन्न भेरिएन्ट अनुसार ६० लाख देखि ७५ लाख रुपैयाँ सम्म हुने अनुमान गरिएको छ ।
केही दिनमै यसको मूल्य सार्वजनिक गरिने र करिव एक महिना पश्चात गाडी नेपाली बजारमा उपलब्ध हुने कम्पनी स्रोतले बताएको छ ।
यसमा भएको टर्बोचार्ज्ड फोर सिलिन्डर इन्जिनले १६२ बीएचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स छ ।
एमजी एचएसको इन्टेरियर विशेष प्रिमियम स्टाइलको छ । यसमा १०.१ इनचको इनफोटेनमेन्ट सिष्टम छ, जुन एप्पल कारप्ले र एन्ड्रोइड अटोको सपोर्टमा चलाउन सकिन्छ । यसमा भएको ३६० डिग्री क्यामेरा र अटो क्लाइमेट सिष्टमले गाडी चलाउन झनै सहज बनाउछ ।
एमजी एचएसमा फोरवे इलेक्ट्रिक एड्जस्टेबल लेदर सिट, प्यानोरामिक सनरुफ, आकर्षक ड्यासबोर्ड कलर र सुरक्षाका लागि ६ वटा एयरब्याग र एबीएस तथा ईबीडीलगायतका विभिन्न सुरक्षात्मक संयन्त्र समेत छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...