सिंगल चार्जमा ८ सय किमी चल्ने र गेमिङ ककपिट भएको एमजीको इलेक्ट्रिक कार लन्च हुँदै

मोरिस ग्यारेज अर्थात एमजीले टु डोर इलेक्ट्रिक स्पोर्ट्स कार एमजी साइबरस्टरको पहिलो झलक सार्वजनिक गरेको छ । कम्पनीको पहिलो इलेक्ट्रिक कारको रुपमा साइबरस्टरलाई आगामी मार्च ३१ मा ग्लोबल डेब्यु गर्ने तयारी भइरहेको छ । एमजीको सो इलेक्ट्रिक कारको पुरै जानकारी भने दिइएको छैन । यसको अलग अलग भागलाई देखाइएको छ । कारको डिजाइन र लुक हेर्दा लन्चिङ पश्चात इलेक्ट्रिक कार बजारमा यसले हलचल मच्चाउने अनुमान गर्न सकिन्छ । धेरै महत्वपूर्ण फिचरले भरिएको सो कारमा फाइभजी कनेक्टेड फिचर समेत उपलब्ध छ । यद्यपि यो कन्सेप्ट मोडलमा मात्र आउने अनुमान समेत गरिएको छ । तस्बिरमा हेदौ यो कारले स्पोर्ट्स कारको पहिचान कायम गरेको पाइन्छ । कारको साइड बडी प्यानलमा सार्प आकर्षक लाइन दिइएको छ । कारको फ्रन्टमा स्लिम ग्रिल डिजाइन, म्याजिक आई इन्टरेक्टिभ हेडलाइट, एलईडी लाइट जस्ता विभिन्न फिचर छन् । पछिल्लो भाग च्यापिएको र अलि तल झुकेको जस्तो लाग्छ । कारको एरोडाइनामिक पर्फमेन्स राम्रो हुने बताइएको छ । यसको ह्विल कम्बाइन्ड सेन्ट्रल लकिङ सिस्टमका साथ आएको छ । हाई पर्फमेन्स मोडलमा मात्र पाइने यो फिचर साइबरस्टरमा समेत उपलब्ध गराइएको छ । एमजीले साइबरस्टरलाई संसारकै पहिलो प्योर सुपर कार भनेको छ, जसमा गेमिङ ककपिट दिइएको छ । यसको डिजाइन र लुकले युवा कार प्रेमीलाई आकर्षित गर्ने अनुमान गरिएको छ । कम्पनीले यो निकै तेज रफ्तारयुक्त स्पोर्ट्स कार भएको बताएको छ । यसले ३ सेकेन्डमै १०० किमी प्रतिघण्टाको गति लिन सक्छ । त्यसैगरी यसले फुल चार्जमा ८ सय किमीको दुरी तय गर्ने एमजीको दावी छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...