बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
अटो शो–२०२३ मा प्रदर्शनी गरिएका एमजी र सेरेसका मिनी ईभी चर्चित वनिरहेका छन् । कम मूल्यका कारण चर्चामा रहेका यी कारमा मेला अवलोकनकर्ताको घुँइचो नै लाग्ने गरेको छ । नेपाली बजारमा उपलब्ध हालसम्मकै सस्तो मिनी इभीका रुपमा आएको सेरेस ई–१ को शुरुवाती मूल्य १४ लाख निर्धारण गरिएको छ भने एमजीले आफ्नो मिनी ईभी कोमेटलाई १८ लाखबाट बिक्री शुरु गर्ने निधो गरेको छ । यी दुई मिनी ईभीमा सेरेस ई–१ चीनबाट आयत भएको हो भने कमेट भारतमा उत्पादन भएको कार हो ।
सेरेस ई–१
सेरेस नेपाली ईभी बजारका लागी विल्कुलै नयाँ ब्रान्ड हो । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु बृद्धि अटोकर्पले नेपाल ल्याएको यो ब्रान्ड मातहत अहिले नेपालमा सेरेस–३ एसयूभी र ई–१ मिनी ईभी उपलब्ध छ । जसमध्ये सेरेस ई–१मा ३० किलोवाटको मोटर छ । यसले अधिकतम ४० हर्स पावर र १०० न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।
यो मिनी कारमा १६.८ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक छ । यसले एक पटकको फुल चार्जमा २२० किलोमिटर रेन्ज दिने सीएटीएलले प्रमाणित गरेको छ । यसले पनि अधिकतम १८० किलोमिटर हाराहारी रेन्ज दिने छ । यसमा रहेको ब्याट्रीलाई ३.३ किलोवाटको चार्जरले ४.५ घन्टामा १० बाट ९० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
सेरेस ई–१ को लम्बाई ३०३० एमएम, चौडार्र्ई १४९५ एमएम तथा उचाई १६४० एमएम छ । यसमा १९६० एमएमको ह्वीलवेस पाउन सकिन्छ । यसको ग्राउण्ड क्लियरेन्स १४० एमएम छ । सेरेस ई–१ मा सिंगल ड्राइभर सिट एयरव्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, स्पीड सेन्सीङ अटो डोरलक तथा इम्प्याक सेन्सीङ डोर अनलक, एबीएस, इबीडी, इलेक्ट्रिक स्टेबिलीटी कन्ट्रोल, इलेक्ट्रोनीक ब्रेक असिस्ट जस्ता फिचर छन् ।
त्यसैगरी, ट्रयाक्सन कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, अटोहोल्ड, रिभर्स पार्किङ क्यामरा, सिटबेल्ट रिमाइण्डर, आइएसओ फिक्स चाइल्ड सिट एङ्कर, इलेक्ट्रोनीक ह्याण्ड ब्रेक पनि यसमा पाउन सकिन्छ । सेरेस ई–१मा ८.८ इन्चको इन्फोटेन्मेन्ट डिस्प्लेका साथै ड्राइभर इन्फर्मेसनका लागि छुट्टै एलसीडी डिजिटल क्लस्टर छ ।
सेरेस ईवान टप भेरियन्टमा १३ इन्चको अलोय ह्वील रहेको छ । यसमा रिमोट सेन्टर लकिङ, किलेस इन्ट्री, फ्रन्ट पावर विण्डो, म्यानुअल एसी तथा हिटर, २ वटा स्पीकर, मल्टि फङ्सनल स्टेरिङ ह्वील, किलेस स्टार्ट/स्टप, क्रुज कन्ट्रोल, इलेक्ट्रोनीक गियर सिफ्ट, इलेक्ट्रीक ह्याण्ड ब्रेक पाउन सकिन्छ । पेस र प्ले गरी कुल दुई भेरिएन्टमा उपलब्ध यसको मूल्य क्रमश १७ लाख ९९ हजार र २० लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
कमेट ईभी
भारतीय बजरमा लन्च भएलगत्तै नेपाली ईभी पारखीले पनि प्रतिक्षा गर्दै आएको कमेट अन्ततः यसपटकको नाडा अटो शोमा लन्च भएको छ । यो मिनी ईभीमा एमजीले ३१.२६ किलोवाट क्षमताको मोटर दिएको छ । यसले ४२ हर्सपावर तथा ११० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । त्यस्तै, यसमा १७.३ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यसलाई एक पटकको फुल चार्जमा २३० किलोमिटरसम्म चलाउन सकिने एआरएआईले प्रमाणित गरेको छ ।
यसमा रहेको ब्याट्रीलाई ३.३ किलोवाटको चार्जरले ७ घण्टामै फुल चार्ज गर्न सकिन्छ । यो ईभीको लम्वाई २९७४ एमएम, चौडाई १५०५ एमएम र उचाई १६४० एमएम रहेको छ । कोमेटको ह्वीलवेस २०१० एमएमको छ । यो ईभीलाई मात्र ४.२ मिटर रेडियसनमा फुल टर्न गर्न सकिन्छ । यसको ग्राउण्ड क्लियरेन्स १६५ एमएम छ ।
एमजी कमेटमा डुअल फ्रन्ट एयरव्याग, एबीएस इबीडी, रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम, सिटबेल्ट रिमाइन्डर, आइएसओ फिक्स चाइल्ड सिट एङ्कर, स्पीड सेन्सीङ अटो डोरलक र इम्प्याक सेन्सीङ डोर अनलक जस्ता फिचर पाउन सकिन्छ । यसमा ७ इन्चको फुल्ली डिजिटल क्लस्टर, रिमोट सेन्टर लकिङ, किलेस इन्ट्री, फ्रन्ट पावर विण्डो, म्यानुअल एसी तथा हिटर, पावर स्टेरिङ, २ वटा स्पीकर, स्टेरिङ माउण्टेड अडियो कन्ट्रोल, रियर पार्किङ सेन्सर पाउन सकिन्छ ।
पेस र प्ले गरी कुल दुई भेरिएन्टमा उपलब्ध यसको मूल्य क्रमश १७ लाख ९९ हजार र २० लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...