ग्रेटवाल गाडीको खरिदमा ७ लासम्म फाइदा, ओरा–०३ किन्दा ७ किलोवाटको चार्जर निशुल्क
काठमाडौं– ग्रेटवाल गाडीको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्स...
नेटा भी नेपाल आउने चर्चा शुरु भएसँगै यो इलेक्ट्रिक कारका विषयमा विभिन्न टिकाटिप्पणीको शुरुवात समेत भैसकेको थियो । यो कार आयात गर्ने कम्पनीका नाममा सीजी ग्रुप अन्तर्गतको सीजी मोटर्सको नाम जोडिए पछि त झन ईभी पारखी र अटोेमोबाइल व्यवसायीमा एक प्रकारको कौतुहलता नै जागेको थियो ।
कुनैपनि ब्रान्डसँग आयातकर्ताको नाम जोडिने वित्तिकै यति ठूलो कौतुहलता खासै जाग्नु पर्ने नदेखिए पनि नेटा भीमा भने यस्तो भएन । ईभी पारखीले यो कारमा के–कस्ता फिचर्स उपलब्ध होलान् र यसको मूल्य कति पर्ला भनेर चासो दिए भने व्यवसायीले कम्पनीको भावी रणनीति कस्तो रहला भनेर नजिकबाट नियाले ।
औपचारिक लन्च हुनु अगावै कारको मूल्यलाई लिएर सामाजिक सञ्जालमा विभिन्न तर्क वितर्क हुन थालिसकेको थियो । यसरी तर्क पेश गर्नेहरुले चीनमा यो कारको मूल्यलाई आधार मानेर नेपालमा आफ्नै ढंगले मूल्य निर्धारण गर्न समेत भ्याए । मूल्य सार्वजनिक हुनु अगावै आयातकर्ता कम्पनीलाई मूल्य कम गर्न दवाव सिर्जना गर्ने रणनीति अनुरुप यसले सानोतिनो अभियानकै रुप समेत लियो ।
१४ हजारभन्दा बढी ईभी पारखी मेम्वर भएको इलेक्ट्रिक भेइकल ग्रुप–नेपालमा हर क्षणजसो यही कारका विषयमा केही न केही सन्देश पोष्ट हुने क्रमले निरन्तरता पाउँदै गयो । सोही क्रममा कम्पनीले एक कार्यक्रमको आयोजना गरेर यो कारको मूल्य ३८ लाख रुपैयाँ पर्ने औपचारिक रुपमै घोषणा ग¥यो । त्यसपछि त झन उक्त ग्रुपमा आवद्ध केही मेम्वरहरुले यो कारको मूल्य कम नभएसम्म बहिस्कार नै गर्नुपर्ने सम्मको तर्क व्यक्त गर्न थाले ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १०० किलोवाट माथिका इलेक्ट्रिक कारमा लाग्दै आएको करको दरमा व्यापक वृद्धि गरेपछि त झन् यो विषयले संसदमै प्रवेश पायो । केही सासंदले त सीमित व्यवसायीको स्वार्थ पुरा गर्ने गरी बजेटमा इलेक्ट्रिक कारको दरलाई हेरफेर गरिएको भन्दै अर्थमन्त्रीको चर्को आलोचना गरे । सीमित व्यवसायी भनेर उनीहरुले सीजी ग्रुपका चेयरम्यान विनोद चौधरीलाई नै इंगित गर्न खोजेका थिए ।
नेपालको सवैभन्दा ठूलो व्यावसायिक घराना र एकमात्र डलर अर्वपतिका रुपमा परिचित विनोद चौधरी संलग्न यो कम्पनी अटोमोवाइल व्यवसायमा आएपछि व्यावसायिक वृत्तमा पहिल्यैदेखि एकप्रकारको हलचल नै पैदा भएको थियो । इलेक्ट्रिक कारको माग बढिरहेको नेपाली बजारमा चीनकै प्रतिष्ठित ईभी निर्मात होजोन मोटर्सको उत्पादन भित्र्याएर चौधरी ग्रुपले बजारमा आक्रामक मुभ लिने उनीहरुमा एकप्रकारको चिन्ता देखिन्थ्यो ।
अटोमोवाइल व्यवसायमा चौधरी ग्रुपलाई आउन रोक्ने रणनीति अनुरुप नेटा भीको मूल्यलाई आधार बनाएर विरोध भएको सीजी मोटर्सका हेमन्त अग्रवालले बताए । उनले भने, ‘सतहमा यो ग्राहकको असन्तुष्टि र विरोध जस्तो देखिएपनि एकदमै नियोजित र प्रायोजित तवरले इस्युहरु आइरहेका थिए । यो विरोधको अन्तर्य सकेसम्म सीजी ग्रुपलाई अटोमोबाइल व्यवसायमा आउनै नदिने गरी चालिएको प्रपन्च थियो । यो केही व्यक्तिको पहलमा मात्र भएको थिएन । स्वयं व्यवसायीको समेत साथ र सहयोग रहेको थियो’ नेपाल अटोसँगको उक्त अन्तर्वार्तामा उनले भनेका थिए ।
मूल्यलाई लिएर वहस चर्किदै गएपछि कम्पनीले एक प्रेस विज्ञप्ति नै जारी गरी चीनमा यस्ता गाडी खरिद गर्दा सरकारले ५ हजार डलरसम्म अुनदान दिने हुँदा त्यहाँको बिक्री मूल्यलाई आधार मानेर नेपालमा तुलना गर्न नहुने प्रष्ट पारेको थियो । नेपालमा आफूहरुले निर्धारण गरेको मूल्य यही सेग्मेन्टका अन्य प्रतिस्पर्धी गाडीको तुलनामा झनै सस्तो तय गरिएको प्रशंग समेत विज्ञप्तिमा उल्लेख भएको थियो ।
कम्पनीबाट विज्ञप्ति जारी भएपछि मूल्यको विवाद विस्तारै सेलाउँदै गएको र त्यसपछि ग्राहकले बुकिङ लिन थालेको सिइओ अग्रवालको भनाइ थियो । शुरुवाती समयमा चर्किएको विवादको स्तरलाई हेर्ने हो भने कतै यो ब्रान्ड नेपालमा असफल त हुने होइन भन्ने संशय समेत धेरैलाई लागेको थियो । तर लन्च भएको छोटो समयमै १ सय भन्दा बढी कार वुकिङ भैसकेको कम्पनीको दावीलाई आधार मान्दा उक्त शंका अहिले हटेर गएको र यो ब्रान्ड नेपालको ईभी बजारमा एक उदियमान ब्रान्ड बनेर स्थापित हुन लागेको प्रष्ट भएको छ ।
विवाद र विरोधकै बीच छोटो समयमै नेटा भीले १ सय भन्दा बढी बुकिङको माइलस्टोन पार गर्न सरकारी नीतिको साथै प्रतिस्पर्धी ब्रान्डको अभावले पनि भूमिका खेलेको छ । बजारमा अहिले १ सय किलोवाट मोटरसम्मका कार टाटा नेक्सन, हुन्डाई कोना र बीवाईडी ई६ वाहेक नभएको र यसमा पनि नेक्सन र कोना अभावकै अवस्थामा रहेको तथा बीवाईडीको माग कम भएका कारण नेटा भीलाई बजार लिन सहज भएको हो भन्दा फरक नपर्ला ।
काठमाडौं– ग्रेटवाल गाडीको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्स...
नवलपरासी – नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती-११ लोकाहामा...
भारतको नयाँ दिल्लीस्थित ग्रेटर नोयडामा जारी अटो एक्सपो २०२३ मा दर्जनौ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...