बीवाईडीले एट्टो३ लन्च गरे लगत्तै एमजीले जेडएस ईभीको बुकिङ पुनः खोल्नुको सन्देश

नेपालको इलेक्ट्रिक कार बजारमा लोकप्रिय वनिरहेका २ चिनियाँ ब्रान्ड एमजी र बीवाईडी एक अर्कामा प्रतिस्पर्धी ब्रान्ड समेत हुन् । संख्याका हिसावले नेपालमा बीवाईडीको तुलनामा एमजीले धेरै कार बिक्री गरेपनि चर्चा र लोकप्रियतामा यी दुवै ब्रान्ड उत्तिकै सफल मानिन्छन् ।

नेपालमा ईभीको बजारलाई स्थापित गराउन सफल बीवाईडी र यो सेग्मेन्टका सवारीको बजारलाई गति प्रदान गर्न भूमिका खेलेको एमजी ब्रान्डबीच प्रविधि र फिचर्समा ठूलै अन्तर छ । यही अन्तरलाई आधार मानेर यी दुई ब्रान्डलाई रुचाउने ग्राहक समेत फरकफरक छन् ।

बीवाईडीले हिजो साँझ नेपाली बजारमा एट्टो३ लाई लन्च गरे लगत्तै एमजीले पनि आजदेखि जेडएस ईभीको लङ रेन्जको बुकिङ पुनः लिने निर्णय लिएको सार्वजनिक भएको छ । विगत लामो समयदेखि नेपाल भित्रिने चर्चा वटुले पनि विविध कारणले आउन ढिलो भएको एट्टो३ लन्च लगत्तै जेडएस ईभीको बुकिङ खुल्ला गरिनुलाई एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आफू एट्टो३ सँग प्रतिस्पर्धा गर्न तयार रहेको भनी सन्देश दिन खोजेको प्रष्ट देखिन्छ ।

गत वर्षको फागुन महिनामा रेगुलर जेडएस ईभीको फेसलिफ्ट र लङ रेन्ज एकैपटक लन्च गरेको एमजीले लगत्तै थेगिनसक्नु बुकिङ पायो । उक्त बुकिङलाई थेग्न नसकेर पछि ग्राहकलाई गाडी दिन ढिलो हुने बहाना बनाउँदै बुकिङ वापतको रकम फिर्ता लिन आह्वान नै गर्नुपर्यो । कम्पनीको यस्तो निर्णयबाट अधिकांश ग्राहक असन्तुष्ट देखिए पनि केही ग्राहकले भने कुरेरै भएपनि गाडी हात पारिरहेका छन् ।

पछि चालु आर्थिक वर्षको बजेटले १०० किलोवाट भन्दा बढी क्षमताका मोटर जडित कारमा भारी मात्राले भन्सार र अन्तःशुल्क वृद्धि गरिदिएपछि कम्पनीले जेडएस ईभीको दुवै भेरिएन्ट नेपाल ल्याउन सकिरहेको थिएन । उता बीवाईडीले पनि बजेट अगावै नेपाल ल्याउने तयारी थालेपनि बजेटमा वृद्धि भएको भन्सार र अन्तःशुल्कका कारण ठूलो रकम मूल्य वृद्धि हुने भन्दै एट्टो३ लाई नेपाल ल्याउन आनकानी गरिरहेको थियो । पछि कम्पनीले भदौ महिनामा लन्च गर्ने गरी यो कार नेपाल ल्याउने तयारी अघि बढाएको थियो ।

बजेट अघि ६५ लाख हाराहारीमा लन्च हुने अपेक्षा गरिएको एट्टो३ लाई नेपालस्थित बिक्रेता साइमेक्स इंकले ८९ लाख ९० हजारमा बिक्री गर्ने गरी लन्च गरेपछि एमजी जेडएस ईभीको लङ रेन्जमा पनि पारामाउन्ट मोटर्सले बजेट अघि कायम भएको मूल्यमा २२ लाख रुपैयाँ वृद्धि गरेर बुकिङ लिने निर्णयमा पुगेको छ । यो गाडी लन्च हुँदा ५९ लाख ९९ हजारमा लन्च भएको थियो भने अहिले कम्पनीले ८१ लाख ९९ हजारमा बुकिङ खुल्ला गरेको हो ।

फिचर्स, पावर तथा पर्फमेन्स र रेन्जमा लगभग समानजस्तै देखिने यी दुई एसयूभी मध्ये एट्टो३ जेडएस ईभीको तुलनामा ७ लाख ९१ हजार रुपैयाँले महंगो देखिएको छ । एट्टो ३ को तुलनामा १२ किलोवाट आवर ठूलो ब्याट्री प्याक दिइएको जेडएस ईभीको मूल्य ७ लाख ९१ हजार रुपैयाँ कम निर्धारण गरिनुलाई पनि एमजीको जोड जसरी हुन्छ एट्टो३ को ग्राहक खोस्नेमा केन्द्रित भएको अनुमान गर्न सकिन्छ ।

एट्टो३ मा ६०.४ किलोवाट आवर र जेडएस ईभीको लङ रेन्जमा ७२.६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यी दुई कारमध्ये एट्टो३ ले एकपटकको फुल चार्जमा ४२० किलोमिटर र जेडएस ईभीले ४४० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ वर्षसँगै नेपाली बजारमा पहिलो इलेक्ट्रिक क्रुजर बाइक भित्रिदै : खुल्यो प्रि–बुकिङ

नयाँ वर्षसँगै नेपाली बजारमा पहिलो इलेक्ट्रिक क्रुजर बाइक भित्रिदै : खुल्यो प्रि–बुकिङ

काठमाडौं – भारतीय बजारमा केही समय अघि मात्र लन्च भएको इलेक्ट्रिक बाइक...

पेट्रोलियम सवारीलाई इलेक्ट्रिकमा रुपान्तरण गर्दा छुट

पेट्रोलियम सवारीलाई इलेक्ट्रिकमा रुपान्तरण गर्दा छुट

सरकारले पेट्रोल तथा डिजेल सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट...

सांघाई अटो एक्सपो २०२३, पहिलो पटक देख्न पाइनेछ यी इलेक्ट्रिक कार

सांघाई अटो एक्सपो २०२३, पहिलो पटक देख्न पाइनेछ यी इलेक्ट्रिक कार

विश्वको सवैभन्दा ठूलो मध्ये एक मानिने सांघाई अटो एक्सपो दुई दिनपछि शुरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...