मर्सिडिज बेन्जले निसान छोड्यो, ३२५ मिलियन डलरमा सम्पूर्ण हिस्सा बिक्री

मर्सिडिज बेन्जले निसान मोटरमा रहेको आफ्नो ३.८ प्रतिशत हिस्सा बिक्री गरेको छ । कम्पनीले प्रति शेयर ३४१.३ येनमा बिक्री गरेको थियो । शेयर बिक्रीपछि निसानको शेयर मूल्य पनि सोही दिन झण्डै ६ प्रतिशतले घटेको थियो ।

निसान लामो समयदेखि संकटमा थियो । रेनो–निसान–मित्सुबिशी गठबन्धनको प्रमुख हिस्सा बनेको सो कम्पनी कार्लोस घोसनको नेतृत्वमा विश्वव्यापी रूपमा विस्तार भएको थियो। तर, २०१८ मा घोसनमाथि गम्भीर आरोप लागेपछि र उनको पदत्यागपछि गठबन्धन कमजोर हुँदै गयो। त्यसयता निसानले बिक्रीमा गिरावट, बजार हिस्सामा कमी र ठूलो खर्च कटौतीको चुनौती भोग्दै आएको छ।

यसै वर्ष रेनोले पनि निसानमा आफ्नो हिस्सेदारी १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ । हालै मात्र निसानले अप्रिल–जुन २०२५ अवधिमा ५३५ मिलियन डलर घाटा बेहोरेको रिपोर्ट गरेको छ। कम्पनीको बजार मूल्य अब १० अर्ब डलरभन्दा तल झरेको छ ।

नयाँ सीईओ इभान एस्पिनोसाले अप्रिल २०२५ मा पदभार ग्रहण गर्दै ठूला संरचनात्मक परिवर्तनहरूको घोषणा गरेका छन्। कम्पनीले आफ्नो वार्षिक उत्पादन क्षमता ३५ लाखबाट घटाएर २५ लाख युनिटमा सीमित गर्ने र २०२७ सम्म विश्वव्यापी एसेम्बली प्लान्टको संख्या १७ बाट घटाएर १० मात्र राख्ने निर्णय गरेको छ।

निसान अहिले दोहोरो चुनौतीको सामना गरिरहेको छ । अघिल्ला गल्तीहरूबाट पुनः उठ्ने संघर्ष र विश्वव्यापी प्रतिस्पर्धीहरूसँग टिक्ने चुनौती। एकातिर चिनियाँ ईभी कम्पनीले द्रुत रूपमा बजार कब्जा गरिरहेका छन् भने अर्कोतर्फ अमेरिकी कम्पनीहरू नाफामा केन्द्रित भइरहेका छन्।

सम्बन्धित समाचारहरू

६ भेरिएन्टमा लन्च गरिएको निसान म्याग्नाइट फेसलिफ्टको डेलिभरी सुरु

६ भेरिएन्टमा लन्च गरिएको निसान म्याग्नाइट फेसलिफ्टको डेलिभरी सुरु

निसान म्याग्नाइट फेसलिफ्ट भारतमा लन्च भएको छ । कम्पनीले अब सो एसयूभीको...

भारतमा मारुति सुजुकीको ३ करोड कार बिक्री, अल्टो मात्रै ४७ लाख युनिट

भारतमा मारुति सुजुकीको ३ करोड कार बिक्री, अल्टो मात्रै ४७ लाख युनिट

मारुति सुजुकीले भारतमा कार उत्पादन थालेको ४२ वर्ष पुरा गरेको छ । यस अवधीमा...

सुजुकीले अर्काे वर्ष नयाँ स्पोर्ट्स बाइक लन्च गर्ने, यस्तो हुनेछ विशेषता

सुजुकीले अर्काे वर्ष नयाँ स्पोर्ट्स बाइक लन्च गर्ने, यस्तो हुनेछ विशेषता

सुजुकीले ईआईसीएमए २०२२ मा जीएसएक्स–८एस नामको नयाँ बाइक सार्वजनिक गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...