जर्मन कम्पनीले भारतमा बनायो इलेक्ट्रिक कार, १५ मिनेट चार्जमा ३०० किलोमिटरको रेन्ज दिने

मर्सिडिज बेन्ज इन्डियाले ईक्युएस ५८० इलेक्ट्रिक कार भारतीय बजारमा लन्च गरेको छ । सो इलेक्ट्रिक कारको एक्स शोरुम मूल्य १ करोड ५५ लाख भारु तोकिएको छ । यो ईक्युसी र ईक्युएस ५३ एएमजी पछि इलेक्ट्रिक सब–ब्रान्ड ईक्युमा लन्च हुने तेस्रो मोडल हो । सो कारले १५ मिनेट चार्जिङमा ३०० किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।

ईक्युएस ५३ एएमजीको लम्बाई ५२२३ एमएम छ, जबकि ईक्युएस ५८० को लम्बाई ५२१६ एमएम छ । एएमजीमा भर्टिकल स्टेल्स छ भने ईक्युएस ५८० मा फ्रन्ट ग्रिलमा मिनिएचर स्टार रहेको छ । एएमजी भर्सनमा आक्रामक फ्रन्ट र रियर बम्परलाई छुट्टै बम्परले प्रतिस्थापन गरिएको छ । यो ५ स्पोक २० इन्च अलोय ह्विल र ५ रङमा उपलब्ध छ ।

सो एसयूभीमा १०७.८ केडब्ल्युएचको ब्याट्री प्याक दिइएको छ । सो एसयूभीले ५२३ बीएचपीको पावर र ८५५ एनएमको टर्क जेनेरेट गर्छ । यो कारले ४.३ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ । यसको टप स्पिड २१० किमी प्रतिघन्टा छ । कारको सिस्टमले २०० केडब्ल्यु डीसी फास्ट चार्जिङलाई सपोर्ट गर्छ । सिंगल चार्जमा सो एसयूभीले ८५७ किलोमिटरको रेन्ज प्रदान गर्छ ।

मर्सिडिज बेन्ज ईक्युएस ५८० मा एमबीयूएक्स हाइपरस्क्रिन दिइएको छ । जसमा ३ वटा ठूला हाई–डेफिनेसन डिस्प्ले उपलब्ध छ । यसमा हेड–अप डिस्प्ले, अगाडिको सिटका लागि मसाज फक्शन, बर्मेस्टर थ्रीडी सराउन्ड सिस्टम, एयर फिल्टरेशन सिस्टम, ९ एयरब्यागका साथै अन्य फिचर समावेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रिदै २२५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्सयुक्त अफरोड ईभी जेइको ‘जे ६ टी’

नेपाल भित्रिदै २२५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्सयुक्त अफरोड ईभी जेइको ‘जे ६ टी’

काठमाडौं- नेपाली बजारमा अफरोड क्षमता ध्यानमा राखेर नयाँ इलेक्ट्रिक...

बीवाईडीको  शोरुम अब नक्सालमा, एट्टो३ इलेक्ट्रिक कार सार्वजनिक

बीवाईडीको शोरुम अब नक्सालमा, एट्टो३ इलेक्ट्रिक कार सार्वजनिक

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नक्साल,...

एमजीले ३ मिटर भन्दा सानो इलेक्ट्रिक कार लन्च गर्दै

एमजीले ३ मिटर भन्दा सानो इलेक्ट्रिक कार लन्च गर्दै

एमजी मोटर्सले भारतीय बजारका लागि सस्तो इलेक्ट्रिक कार ई२३० सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...