मेगा मोटर्सद्वारा एकैदिन १७ निसान गाडी ग्राहकलाई हस्तान्तरण

काठमाडौं – मेगा मोटर्सले आज एकै दिन १७ युनिट निसान गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ । उपत्यकाको महाराजगन्ज, कलंकी र बालकुमारीमा शोरुम खोलेर निसान गाडी बिक्री गर्दै आइरहेको यो कम्पनीले एकैदिन यति धेरै गाडी ग्राहकलाई हस्तान्तरण गरेको हो ।

पछिल्लो समय नेपाल भित्रिएको निसान म्याग्नाइटमा ग्राहकको आकर्षण बढ्दै गएको र साथमा फेस्टिभल सिजन समेत सुरु भैसकेका कारण यो गाडीको माग बजारमा उच्च छ । माग बमोजिम आपूर्ति नहुँदा कहिलेकाँही समस्या देखिएपनि नयाँ गाडी आउने बित्तिकै यसअघि बुकिङ लिएर बसेका ग्राहकलाई डेलिभरी दिने गरिएको मेगा मोटर्स स्रोतले जनाएको छ ।

मेगा मोटर्सले विगत ३ बर्षयता काठमाडौं उपत्यकामा निसान गाडीको कारोबार गर्दै आइरहेको छ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पको डिलरको रुपमा कारोबार गर्दै आएको मेगा मोटर्स महेश पालले सञ्चालन गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

म्याग्नाइट र कुशाकको सफलता, जसले अनिश्चित बनिसकेको ब्रान्डलाई बनायो स्थापित

म्याग्नाइट र कुशाकको सफलता, जसले अनिश्चित बनिसकेको ब्रान्डलाई बनायो स्थापित

नेपाली अटोबजारमा अहिले २ दर्जन बढी ब्रान्डका सवारीसाधन आयात भैरहेका छन् ।...

अब सवारी साधन कर्जामा पनि १५० प्रतिशतसम्म जोखिम भार, अटोमोबाइल व्यवसाय थप संकटमा

अब सवारी साधन कर्जामा पनि १५० प्रतिशतसम्म जोखिम भार, अटोमोबाइल व्यवसाय थप संकटमा

काठमाडौं – घरजग्गा, गाडी र सेयर कर्जामा १५० प्रतिशतसम्म जोखिम भार कायम...

आईसीसी मेन्स टी२० वर्ल्ड कप क्रिकेटको अफिसियल कार बन्यो निसान म्याग्नाइट

आईसीसी मेन्स टी२० वर्ल्ड कप क्रिकेटको अफिसियल कार बन्यो निसान म्याग्नाइट

आईसीसी मेन्स टी२० वर्ल्ड कप क्रिकेटको अफिसियल स्पोन्सर निसान बनेको छ भने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...