जापानी अटो पार्ट्स निर्माता कम्पनी अटोब्याक्ससँग मिलेर नयाँ ईभी ब्रान्ड लन्च गर्दै चेरी
चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चेरी र जापानी अटो पार्ट्स रिटेलर...
सामान्यतया कारमा हुने एचपी, बीएचपी र पीएस भनेको के हो ? वास्तवमा बैज्ञानिक रुपमा मापनका एकाई रहेका यी शब्दको बारेमा कहिले जानकारी लिनुभएको छ ? कार खरिद गर्दा यसको फिचर, लुक र डिजाइनको बारेमा जानकारी लिए तापनि एचपी, बीएचपी र पीएसको बारेमा त्यति ध्यान दिएको पाइदैन । आउनुहोस् यसको बारेमा केही चर्चा गरौँ ।
हर्सपावर (एचपी) के हो ?
हर्सपावर अवधारणा १८ औं शताब्दीमा स्कटल्याण्डका आविष्कारक जेम्स वाटले अघि सारेका थिए । जेम्स वाटले घोडाको शक्तिलाई स्टिम इन्जिनको शक्तिसँग तुलना गर्न खोजेका थिए । उनले एचपी पृथ्वीको सतहमा १ मिनेटमा ३३ हजार पाउण्ड तौल उचाल्ने एउटा घोडा बराबर हो भनेर गणना गरेका थिए । कारमा एचपी भनेको इन्जिनबाट उत्पादन हुने शक्ति हो । कारमा जति उच्च एचपी हुन्छ, कारको पावर त्यति बढी हुन्छ र त्यति नै टप स्पिड हुन्छ ।
पीएसको अर्थ के हो ?
फेर्डस्टार्क (पीएस) इन्जिनको सामान्य मापन हो । यो जर्मन शब्द हो जसको अर्थ घोडाको शक्ति भन्ने बुझिन्छ । यो मापन प्रणालीमा, १ पीएस १ एचपीको ९८.६ प्रतिशत बराबर हुन्छ ।
ब्रेक हर्सपावर (बीएचपी) के हो ?
ब्रेक हर्सपावर वा बीएचपीको प्रयोग रियलिस्टिकको मापको लागि प्रयोग गरिन्छ । किनभने बीएचपीलाई कारका अन्य भागहरू, जस्तै ः गियरबक्स, अल्टरनेटर र पानी पम्पले काम गरिसकेपछि र घर्षणको कारणले कुनै पनि शक्ति गुमाए पछि बाँकी रहेको पावर मानिन्छ ।
टर्क भनेको के हो ?
टर्कले कारलाई घुमाउन आवश्यक बलको मात्रालाई बुझाउँछ । टर्कलाई सामान्यतया पाउन्ड–फिट वा न्यूटन मिटरमा मापन गरिन्छ । कारमा जति धेरै टर्क हुन्छ, त्यति नै यसको इन्जिनमा तान्ने शक्ति हुन्छ । टर्कले इन्जिनले कारको तौल कति छिटो सार्न सक्छ भनी बताउँछ ।
चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चेरी र जापानी अटो पार्ट्स रिटेलर...
कारलाई नियमित रुपमा सफा गरिरहदा वा मर्मत गरिरहदा पनि धेरैजसो यसको वाहिरी...
बाइक राइडर र ट्राफिकमा घण्टौं घाममा उभिनेहरूका लागि हैदरावादको जर्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...