बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
ब्रिटिश सुपरकार निर्माता कम्पनी म्याकरेनको हेडक्वाटर बिक्री गरिने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारणले गर्दा कम्पनीले सो निर्णय गरेको बताएको छ ।
कम्पनीले हालै क्यानाडाको घर जग्गा कम्पनी कोलिअर्सलाई सो हेडक्वाटर २५६ मिलियन डलरमा बिक्री गर्न आदेश दिएको छ । सो मूल्य १९९४ एफ१ एलएम भन्दा १३ गुणा बढी रहेको छ । सो कम्पनी लण्डनबाट करिब १ घन्टा टाढा पर्ने वकिंगमा अवस्थित रहेको छ ।
सो मुख्यालयमा म्याक्लरेन टेक्नोलोजी सेन्टर, म्याक्लरेन प्रोडक्सन सेन्टर, म्याक्लरेन थट लिडरसिप सेन्टर रहेको छ । त्यहाँ एउटा सानो मानव निर्मित तलाउ, पार्किङ स्थल र हजारौं रुखहरु रहेको छ ।
म्याक्लरेन सुपरकार बिक्रीमा गिरावट आएको छ । त्यसैले कम्पनीले मे २०२० मा १२०० रोजगारी कटौती गरेको छ । कम्पनीले फेब्रुअरी र मेको बीचमा ३०७ कार बिक्री गरेको थियो । गएको वर्ष कम्पनीले ९५३ कार बिक्री गरेको थियो । कम्पनीले आयल रिच नेसनल बैंकबाट १८५ मिलियन डलर पाएको थियो । कम्पनीले फर्मूला वान टोलीको सानो भाग पनि बिक्री गर्ने तयारीमा रहेको छ ।
सन २०१२ मा पीएसए प्युजो सिट्रोजनले पेरिसमा भएको एभिन्यु डे ला ग्रानडे ३२७ मिलियनमा बिक्रि गरेको थियो । २००४ को जनवरीमा ब्रिटिश कार निर्माता एमजी रोभरले लंगब्रिज ३५ वर्षको लागि अनुवन्धनमा बिक्रि गरेको थियो तर आश्चर्यजनक रुपमा सो कम्पनी २००५ मा बन्द भएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...