नाइमा मोबिलिटी एक्सपोमा लन्च भयो १ करोड ५१ लाखको गाडी

काठमाडौं– नाइमा मोविलिटी एक्सपो २०२५ मा पारामाउन्ट मोटर्सले माज्दा सीएक्स–६० लन्च गरेको छ । सीएक्स–६० मोडल अल ह्विल ड्राइभ सिस्टमको साथ उपलब्ध भएको छ ।

४५५० एमएम लम्बाई, १८४० एमएम चौडाई र १६६० उचाइ रहेको सीएक्स–६० को मूल्य १ करोड ५१ लाख रुपैयाँ राखेर कम्पनीले बिक्री सुरु गरेको हो ।

माज्दाले सीएक्स–६० मोडलमा २.५ लिटर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १८५ बीएचपी पावर प्रदान गर्छ । यसको पिक टर्क २५० एनएम रहेको छ ।

यसको इन्टेरियर निकै प्रिमियम लाग्छ । १८० किलोमिटर प्रतिघन्टाको टप स्पिड रहेको सीएक्स–६० एसयूभीमा सुरक्षा फिचर पनि थुप्रै छन् । यसमा ६ एयरब्याग, भेइकल स्टेविलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरासँगै सेन्सरहरुको प्रयोग गरिएको छ ।

सम्बन्धित समाचारहरू

नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ भव्य रुपमा सम्पन्न, १ लाख बढीले गरे अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ भव्य रुपमा सम्पन्न, १ लाख बढीले गरे अवलोकन

काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स...

नाइमाको समन्वयमा लक्ष्मी हुन्डाईले दियो ईभी सम्बन्धी प्राविधिक क्षमता अभिवृद्धि तालिम

नाइमाको समन्वयमा लक्ष्मी हुन्डाईले दियो ईभी सम्बन्धी प्राविधिक क्षमता अभिवृद्धि तालिम

काठमाडौं–लक्ष्मी हुन्डाईद्वारा आयोजित इलेक्ट्रिक सवारी प्रविधि, सुरक्षा...

नाइमाले भन्याे – विद्युतीय सवारीको मोटर क्षमतामा स्पष्ट मापदण्ड आवश्यक

नाइमाले भन्याे – विद्युतीय सवारीको मोटर क्षमतामा स्पष्ट मापदण्ड आवश्यक

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसाेसिएसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...