ज्योति ग्रुपले नेपाली बजारमा भित्र्यायो भारतीय ब्रान्ड इलेक्ट्रिक वानको ए सिरिज स्कुटर
काठमाडौं – ज्योति ग्रुप अन्तर्गतको स्यामुकापु ट्रेडिङ प्रालिले ई१ ए...
काठमाडौं - नेपालमा दिपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै नेपालगञ्जमा दिपल एस०५ र नामी भिगो औपचारिक रूपमा लन्च गरेको छ।
यो लन्च कार्यक्रम नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर तथा व्यवसायिक साझेदार पानस अटोमोटिभसँगको सहकार्यमा सम्पन्न भएको हो। यस कार्यक्रमलाई पश्चिम क्षेत्रमा अत्याधुनिक विद्युतीय मोबिलिटीको विस्तारमा एक महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको कम्पनीले बताएको छ।
सफलतापुर्वक सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल सरकारका स्थानीय प्रतिनिधि, व्यवसायी, ग्राहक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ, नेपालगञ्जका अध्यक्ष टंकनाथ धामी र विशेष अतिथि नेपाल उद्योग वाणिज्य संघ, कोहलपुरका अध्यक्ष प्रदीप भट्टराई थिए ।
एमएडब्लू ग्रुपको तर्फबाट एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त तथा एमएडब्लू वृद्धि अटोकर्पका सीईओ ज्ञानेन्द्र चन्दको उपस्थिति रहेको थियो।
पानस अटोमोटिभको तर्फबाट कार्यक्रममा सहभागिता जनाएका अध्यक्ष ज्ञानेन्द्र खनाल र प्रबन्ध निर्देशक आयुष खनालले पश्चिम नेपालमा ईभी इकोसिस्टम विकासप्रतिको आफ्नो प्रतिबद्धता पुनः दोहोर्याए।
यस वर्षकै चर्चित विद्युतीय एसयूभी मध्ये एक दिपल एस०५ अब नेपालगञ्जमा उपलब्ध भएको छ। आराम, प्रविधि र प्रदर्शनका लागि परिचित सो एसयूभीमा सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ, जसले लामो ब्याट्री आयु र उच्च टिकाउपन प्रदान गर्छ।
सहर तथा राजमार्ग दुवैका लागि उपयुक्त यस गाडीमा भेन्टिलेटेड र हिटेड फ्रन्ट सिट, जिरो–ग्राभिटी मोड सहितको क्विन को–पाइलट सिट, रिमोट इन–एण्ड–आउट पार्किङ, लाइभ नेभिगेसनसहितको एआर–एचयूडी तथा पूर्ण इन्टरनेट कनेक्टिभिटी भएको १४.४ इन्च टचस्क्रिन जस्ता अत्याधुनिक सुविधा उपलब्ध छन्, जसले प्रिमियम र फ्युचर–रेडी ड्राइभिङ अनुभव प्रदान गर्छ।
दिपल एस०५ सँगै, एमएडब्लू वृद्धि मोटर्सले आफ्नो क्षेत्रीय साझेदार पानस अटोमोटिभमार्फत डोङफेङको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित स्मार्ट विद्युतीय एसयूभी नामी भिगो पनि सार्वजनिक गरेको छ।
काठमाडौं – ज्योति ग्रुप अन्तर्गतको स्यामुकापु ट्रेडिङ प्रालिले ई१ ए...
काठमाडौं–म्याक्सस ईभीको नेपालका लागि आधिकारिक बितरक हिमालय मोट्रोक्स...
पछिल्ला केही वर्षयता इलेक्ट्रिक सवारी साधनको माग बढेको छ । तर, इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...