चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज

काठमाडौं - एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय ईभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ । आगामी १२ चैतदेखि १४ चैतसम्म देशैभरि आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल ईभीमा अपग्रेड हुने सबैभन्दा उत्तम समय हुनेछ ।

मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीहरुको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोनस, निःशुल्क बिमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टी जस्ता सुविधा प्राप्त गर्नेछन् ।

नेपालमा दिगो यातायाततर्फको रुपान्तरण तीव्र बन्दै गइरहेको अवस्थामा एमएडब्लु वृद्धिले नविन तथा ग्राहक केन्द्रित पहलमार्फत ईभीको स्वामित्वलाई सहज बनाउन प्रतिबद्ध रहेको बताएको छ । बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना तथा आकर्षक एक्सचेन्ज सुविधाका कारण यो कार्निभल ईभीमा अपग्रेड गर्ने सबैभन्दा उपयुक्त अवसर बनेको छ ।

काठमाडौं उपत्यकामा यो कार्यक्रम ग्राहकको सहजताका लागि गैरीधारास्थित सिल्भर ओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्यालेसमा आयोजना गरिनेछ । उपत्यकाबाहिर भने यो कार्यक्रम दिपल, नामी तथा सेरेसका सम्बन्धित शाेरुमहरुमा आयोजना हुनेछ जसले देशभरका ग्राहकलाई यो अभुतपूर्व अवसरको फाइदा उठाउन सहज बनाउनेछ ।

यी आकर्षक अफरहरुका अतिरिक्त कार्यक्रमा रोबोटिक शाे, किड्स जोन, विभिन्न खेल तथा खानाको स्टलहरु जस्ता मनोरञ्जनात्मक गतिविधिहरु पनि समावेश गरिनेछ जसले सम्पूर्ण परिवारका लागि रमाइलो र अन्तरक्रियात्मक अनुभव प्रदान गर्नेछ ।

सम्बन्धित समाचारहरू

बीवाईडी एट्टो ३ अब ५० किलोवाट आवरको ब्याट्री प्याकमा नेपाल आउने, रेन्ज ३५० किमी हुने

बीवाईडी एट्टो ३ अब ५० किलोवाट आवरको ब्याट्री प्याकमा नेपाल आउने, रेन्ज ३५० किमी हुने

काठमाडौं – नेपालका लागि बीवाईडी इलेक्ट्रिक कारको आधिकारिक वितरक साइमेक्स...

एथर इलेक्ट्रिक स्कुटरको रेन्ज बढ्यो, मल्टी–मोड ट्र्याक्सन कन्ट्रोल लगायतका विभिन्न फिचर थप

एथर इलेक्ट्रिक स्कुटरको रेन्ज बढ्यो, मल्टी–मोड ट्र्याक्सन कन्ट्रोल लगायतका विभिन्न फिचर थप

एथर इनर्जीले भारतमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ४५० सिरिजको अपडेट रेन्ज...

इलेक्ट्रिक गाडी दीगो ई८ किन्दा आइफोन १२ प्रो म्याक्स उपहार

इलेक्ट्रिक गाडी दीगो ई८ किन्दा आइफोन १२ प्रो म्याक्स उपहार

काठमाडौं – नयाँ वर्ष २०७८ को अवसरमा दीगोको इलेक्ट्रिक गाडी ई८ किन्दा आइफोन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...