बुटवलकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

दिपल प्रि–बजेट प्राइसमा, सेरेसमा नाडा अफर र नामी ईभी किन्दा ७ किलोवाटको चार्जर फ्रि

बुटवल – नेपालका लागि दिपल, सेरेस र नामी ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले भैरहवा र बुटवललाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले कालिकानगर, बुटवलस्थित क्लब डेनोभोमा आउँदो २७ कात्तिकदेखि तीनदिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो ।

योे मेलामा ईभी किन्न चाहने लुम्बिनी प्रदेशका ग्राहकले दिपल ईभी प्रि–बजेट प्राइस अर्थात ७१ लाख ९९ हजारमा, सेरेसमा नाडा अफर अर्थात ४५ लाख ४९ हजार रुपैयाँमा र नामी ईभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउन सक्ने छन् ।

साथै, टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक कार खरिद गर्न सक्ने छन् ।

यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने छन् । ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’को व्यवस्था पनि गरिएको छ । साथै, दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लैजान सकिने छ ।

यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’को मज्जा लिन सक्ने छन् ।

एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पअघि दिपल र नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

८ वर्षको सफलता मनाउन याडिया ई८एस प्रोमा ऐतिहासिक छुट, मूल्यमा ४५ हजार कटौती

८ वर्षको सफलता मनाउन याडिया ई८एस प्रोमा ऐतिहासिक छुट, मूल्यमा ४५ हजार कटौती

काठमाडौं – लगातार ८वर्ष सम्म विश्वको नम्बर १ इलेक्ट्रिक दुईपांग्रे...

आफूहरु पलायन नभएको र नेपालमै विश्व स्तरीय उत्पादन उपलब्ध गराउने यात्रीको भनाइ

आफूहरु पलायन नभएको र नेपालमै विश्व स्तरीय उत्पादन उपलब्ध गराउने यात्रीको भनाइ

काठमाडौं – नेपालमा विद्युतीय मोटरसाइकल निर्माण गरेको यात्री मोटरसाइकलले...

बीवाईडी नेपाल बन्यो ललितपुर सिटी फुटबल क्लबको मोबिलिटी पार्टनर

बीवाईडी नेपाल बन्यो ललितपुर सिटी फुटबल क्लबको मोबिलिटी पार्टनर

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...