बुटवलकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

दिपल प्रि–बजेट प्राइसमा, सेरेसमा नाडा अफर र नामी ईभी किन्दा ७ किलोवाटको चार्जर फ्रि

बुटवल – नेपालका लागि दिपल, सेरेस र नामी ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले भैरहवा र बुटवललाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले कालिकानगर, बुटवलस्थित क्लब डेनोभोमा आउँदो २७ कात्तिकदेखि तीनदिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो ।

योे मेलामा ईभी किन्न चाहने लुम्बिनी प्रदेशका ग्राहकले दिपल ईभी प्रि–बजेट प्राइस अर्थात ७१ लाख ९९ हजारमा, सेरेसमा नाडा अफर अर्थात ४५ लाख ४९ हजार रुपैयाँमा र नामी ईभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउन सक्ने छन् ।

साथै, टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक कार खरिद गर्न सक्ने छन् ।

यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने छन् । ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’को व्यवस्था पनि गरिएको छ । साथै, दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लैजान सकिने छ ।

यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’को मज्जा लिन सक्ने छन् ।

एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पअघि दिपल र नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

दिपल ईभी बुटवलमा सार्वजनिक, डिजाइन र टेक्नोलोजीका कारण ग्राहकको रोजाइमा परेको दावी

दिपल ईभी बुटवलमा सार्वजनिक, डिजाइन र टेक्नोलोजीका कारण ग्राहकको रोजाइमा परेको दावी

बुटवल – नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निकै नै...

बटन थिचेकै भरमा एसयूभीलाई पिकअप ट्रक बनाउन मिल्ने दिपल ई०७ भोलि लन्च हुने

बटन थिचेकै भरमा एसयूभीलाई पिकअप ट्रक बनाउन मिल्ने दिपल ई०७ भोलि लन्च हुने

काठामडौं – नेपाली अटो बजारमा केही समययता चर्चा पाइरहेको दिपल ई०७ भोलि...

टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ प्रारम्भ, यी शोरुममा गर्न सकिन्छ टेस्ट राइड

टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ प्रारम्भ, यी शोरुममा गर्न सकिन्छ टेस्ट राइड

काठमाडौं – टीभीएसको इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ नेपाली बजारमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...