८६ स्थानमा विस्तार भयो एमएडब्लु बृद्धिको चार्जिङ पूर्बाधार

काठमाडौं– बिद्युतिय गाडी बिक्रीमा निकै आक्रमक देखिएको एमएडब्लु ग्रुप चार्जिङ स्टेशन विस्तारमा समेत निकै आक्रमक देखिएको छ । ग्रुप अन्तर्गतको एमएडब्लु बृद्धिले हाल ८६ स्थानमा डीसी फास्ट चार्जर नेटवर्क संचालन गर्दै आएको छ ।

कम्पनीले संचालनामा ल्याएको यी सबै नेटवर्क सिसिएस–२ प्रकारको हो । जहाँ बिद्युतिय कारको साथै ईभी भ्यान समेत चार्ज गर्न सकिन्छ । एमएडब्लु बृद्धि हाल सबैभन्दा धेरै सिसिएस–२ टाइप डिसी फास्ट चार्जर नेटवर्क भएको नेपालकै पहिलो कम्पनी बनेको छ । यी नेटवर्क पूर्बको पाँचथरदेखी पश्चिममा बैतडीसम्म विस्तार गरिएका हुन् ।

कम्पनीले संचालनमा ल्याएको यी नेटवर्कमध्ये १९ स्थानमा ६० किलोवाट क्षमताको दुईवटा गन राखिएको छ भने बाँकी ६७ स्टेशनमा ४० किलोवाट क्षमताको एउटामात्रै गन उपलब्ध गराइएको छ । निकट भविष्यमै थप दुई दर्जन स्थानमा यस्तो नेटवर्क विस्तार गर्न लागिएको कम्पनी भनाई छ ।

एमएडब्लु बृद्धिले हाल प्यासेन्जर कारमा दिपाल, नामी र सेरेस ब्रान्ड आयत गरी बिक्री गर्दै आएको छ भने कमर्सियलमा फोटोन र सोकोन ब्रान्डका ईभी भ्यान तथा माइक्रोवस उपलब्ध गराउँदै आएको छ । कम्पनीले कारोबार गर्ने बिद्युतिय गाडीले नेपाली बजारमा एकपछि अर्को सफलता हात पार्दै गएपछि चार्जिङ नेटवर्क विस्तारमा समेत आक्रमक बन्दै गएको हो ।

सम्बन्धित समाचारहरू

क्रिसमसको अवसरमा भाटभटेनीमा रोमाञ्चक सरप्राइज पाइने

क्रिसमसको अवसरमा भाटभटेनीमा रोमाञ्चक सरप्राइज पाइने

काठमाडौं – नामी ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले...

रोबोट्याक्सी सेवा बन्द गर्ने योजनामा जनरल मोटर्स

रोबोट्याक्सी सेवा बन्द गर्ने योजनामा जनरल मोटर्स

अमेरिकी अटोमोबाइल निर्माता कम्पनी जनरल मोटर्स (जीएम) ले आफ्नो क्रुज...

विद्युतीय सवारीका लागि कस्तो आउला बजेट ? पहिलेकै दर कायम गर्न नाडाको माग

विद्युतीय सवारीका लागि कस्तो आउला बजेट ? पहिलेकै दर कायम गर्न नाडाको माग

काठमाडौं – सरकारले आगामी शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...