नेपाल आउँदै जीडब्लूएमको नयाँ विद्युतीय एसयूभी, यस्तो हुनेछ रेन्ज र फिचर
काठमाडौं–विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा...
काठमाडौं–एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ । कम्पनीले जोमसोममा सीसीएस२ इलेक्ट्रिक गाडी (ईभी) चार्जिङ स्टेसन औपचारिक रूपमा उद्घाटन गरेको छ, जुन अब उच्च भूभागमा रहेका चार्जिङ स्टेसनहरूमा समावेश भएको छ ।
यो उपलब्धिले दुर्गम र कठिन भौगोलिक स्थानहरूमा पनि ईभी पूर्वाधार विकासमा कम्पनीको महत्वपूर्ण भूमिका पुष्टि गरेको छ । जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेसन केवल इन्जिनियरिङ उपलब्धि मात्र नभई, नेपालमा विद्युतीय सवारी साधन (ईभी) विकासको सुरुवाती कदम पनि रहेको कम्पनीको भनाई छ ।
कम्पनीका अनुसार, जोमसोेम जस्तो उच्च स्थानसम्म सीसीएस२ चार्जिङ सुविधा पुगेकाले ईभी प्रयोगकर्ताहरूले सुरक्षित रूपमा यात्रा गर्न र ग्रिनर नेपाल निर्माणमा योगदान दिन सक्नेछन् ।
एमएडब्लू वृद्धिले हाल नेपालभर ११६ स्थानमा रणनीतिक रूपमा राखिएका सीसीएस२ चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ । यी स्टेशनले सहरको साथै जोमसोमजस्ता टाढाका ठाउँहरूमा पनि ईभी प्रयोगकर्ताहरूका लागि भरपर्दो सेवा सुनिश्चित गरेको छ ।
यस पहलले ईभी पूर्वाधार सुदृढ गर्नुका साथै जोमसोमजस्तो लोकप्रिय पर्यटकीय गन्तव्यमा दिगो पर्यटनलाई पनि प्रवद्र्धन गर्ने विश्वास लिइएको छ । जोमसोम नेपालको धेरै यात्रा गरिने ठाउँहरू मध्ये एक हो, जहाँ स्वदेशी र विदेशी पर्यटकहरूको भीड लाग्ने गर्दछ। पर्यावरणप्रेमी यात्रुहरूका लागि वातावरणमैत्री यात्रालाई सहज बनाउने दिशामा यो चार्जिङ स्टेशनको स्थापना एक ठूलो कदम हो ।
समग्रमा, इनोभेसन र डिटरमिनेसको उत्कृष्ट समिश्रण देखिने यो उपलब्धिले ईभी प्रयोगकर्ता, वातावरणप्रेमी र सरकारी नीति निर्माताहरूबीच ठूलो विश्वास बढाउने कम्पनीले जनाएको छ । एमएडब्लू बृद्धिले हाल दिपाल, सेरेस, नामी, फोटोन र सोकोन ब्रान्डका ईभीहरु बिक्री गर्दै आएको छ ।
काठमाडौं–विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा...
अटो एक्सपो २०२३ मा चीनीयाँ अटो उत्पादक विवाइडीले तीनवटा इलेक्ट्रिक कारलाई...
रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक बाइकको फर्स्ट लुक सार्वजनिक गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...