ईभी र हाइब्रिड कारमा कुन बढी स्वच्छ ? टोयोटाका अध्यक्षको भनाइले वातावरणीय बहस सिर्जना
इलेक्ट्रिक गाडी र हाइब्रिड गाडीमध्ये कुन बढी वातावरणमैत्री भन्ने बहस फेरि...
काठमाडौं – नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लु वृद्धिले ओमेगा सेक्की मोबिलिटी (ओएसएम) का विद्युतीय सवारी नेपाली बजारमा ल्याउने भएको छ ।
त्यसका लागि ओएसएम र एमएडब्लु वृद्धि कमर्सियल भेइकलबीच आधिकारिक बिक्रेताको सम्झौता भएको हो । दुई कम्पनीबीच केही दिनअघि आधिकारिक साझेदारीको सम्झौता भएको थियो । एमएडब्लु वृद्धिले अबको केही समयभित्रै ओएसएमका तीन पांग्रे विद्युतीय सवारी ल्याउने बताएको छ ।
वातावरण सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको र वातावरण र नेपाललाई सुहाउदो सवारी भित्र्याउन लागेको कम्पनीले जानकारी दिएको छ । पहिलो चरणमा एमएडब्लु वृद्धिले थ्री ह्विलर सवारी भित्र्याउने योजना बनाएको छ ।
ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले देशले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने बताइएको छ । कम्पनीले कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि निरन्तर काम गर्दै जाने जनाएको छ ।
ओमेगा सेक्की मोबिलिटी (ओएसएम) एंगलियन ओमगा ग्रुप अफ बिजनेसको सदस्य हो, जो भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरूको लागि स्टिल पार्ट्स निर्माणमा केन्द्रित छ । समूहले पछिल्लो ५ वर्षमा अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन तथा विकासका धेरै परियोजनाहरू यी क्षेत्रमा ठूलो लगानीका साथ विस्तार गरेको छ ।
विद्युतीय सवारीसाधनको व्यवसाय समूह कम्पनी ओमेगा सेक्कीले आफ्नो इन–हाउस आर एन्ड डी सुविधामा थ्री ह्विलर सवारीसाधनहरू आकर्षक डिजाइनमा विकास गरेको छ । यस अन्तर्गत रेज प्लस ब्रान्ड अन्तर्गतका गाडीहरू भारतका धेरै प्रमुख ईकमर्स र रसद कम्पनीहरूले प्रयोग गर्छन् ।
इलेक्ट्रिक गाडी र हाइब्रिड गाडीमध्ये कुन बढी वातावरणमैत्री भन्ने बहस फेरि...
काठमाडौं– जापनिज अटो निर्माता माज्दाले आफ्नो नेक्स्ट जेनेरेशन ईभीमा...
काठमाडौं– सरकारले विद्युतीय सवारी साधन (इभी) र हाइब्रिड कारको कर यथावत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...