एमएडब्लु वृद्धिले गर्दैछ चितवनकै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

चितवन । नेपालका लागि सेरेस र नामी ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनलाई लक्षित गरेर यो क्षेत्रकै सबै भन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ।

एमएडब्लु वृद्धिले भरतपुर, चितवन स्थित सिमटी रिसाेर्टमा २१ माघदेखि २३ माघसम्म तीन दिने ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो।

यो मेलामा ईभी किन्न चाहने चितवनका ग्राहकले सेरेसमा र नामी ईभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाइने छ । साथै, ग्राहकले अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमए डब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’ को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नेछ ।

यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने जनाएको छ । ‘अनस्पट फाइनान्सिङ’को व्यवस्था पनि गरिएको छ । साथै, सेरेस र नामीलाई आकर्षक ब्याजदरमा घर लान सकिनेछ ।

यी अफरहरु बाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’को मज्जा लिन सक्नेछन् ।

एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प अघि नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

फुल्ली इलेक्ट्रिक एसयूभीको रुपमा ‘डोङफेङ नामी ०६’ को दक्षिण अफ्रिका इन्ट्री

फुल्ली इलेक्ट्रिक एसयूभीको रुपमा ‘डोङफेङ नामी ०६’ को दक्षिण अफ्रिका इन्ट्री

फुल्ली इलेक्ट्रिक एसयूभीको रुपमा डोङफेङ नामी ०६ दक्षिण अफ्रिकामा लन्च...

दुई ब्रान्डमार्फत महिन्द्राले ५ इलेक्ट्रिक एसयूभी ल्याउने, ग¥यो सार्वजनिक

दुई ब्रान्डमार्फत महिन्द्राले ५ इलेक्ट्रिक एसयूभी ल्याउने, ग¥यो सार्वजनिक

महिन्द्राले भारतको स्वतन्त्रता दिवसको अवसरमा २ वटा ब्रान्डका ५ वटा...

चेरीद्वारा सिंगल चार्जमा ९३२ माइल रेन्ज दिने नयाँ सोलिड स्टेट ब्याट्रीको विकास

चेरीद्वारा सिंगल चार्जमा ९३२ माइल रेन्ज दिने नयाँ सोलिड स्टेट ब्याट्रीको विकास

चिनियाँ अटो निर्माता चेरीले सोलिड स्टेट ब्याट्रीमा नयाँ प्रबिधीको अनावरण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...