ग्रेटवालका गाडी किन्दा ५ लाख सम्म छुट, आयो नयाँ वर्ष २०८० अफर
काठमाडौं – ग्रेटवाल मोटर (जीडब्ल्युएम) गाडीकोे नेपालका लागि आधिकारिक...
काठमाडौं – नेपालका लागि जेसीबी मेसिनको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले नेपालमा १० हजार जेसीबी मेसिन विक्री गरेर नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्युप्मेन्ट क्षेत्रमा नयाँ प्रतिबिम्ब स्थापना गर्न सफल भएको छ ।
शुक्रबार जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दिपक सेठी र एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवालले कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक निकोलस पाण्डेलाई १०,०००औं मेसिनको चाबी हस्तान्तरण गरे ।
१०,०००औं मेसिनको रुपमा जेसीबी टेलिह्यान्डलरको चाबी हस्तान्तरण गर्दै जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दिपक सेठीले जेसीबी नेपालले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने भएकै कारणले दक्षिण एसियाको नम्बर १ डिलर बन्न सफल भएको बताए । उनले ग्राहक सुविधाका लागि कुनै पनि प्रकारको सहयोग आवश्यक परेको खण्डमा त्यसलाई पुर्ति गर्न जेसीबी इन्डिया सदैव तयार रहेको बताए ।
त्यसैगरी, कालिका कालिका कन्स्ट्क्सन प्रालिका प्रबन्ध निर्देशक निकोलस पाण्डेले जेसीबीले दिने सेवा सुविधाकै कारण यो ब्रान्ड आफ्नो पहिलो रोजाइमा परेको बताए ।
नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्ट क्षेत्रको अग्रणी खेलाडी मानिने एमएडब्लु जेसीबीले गुणस्तरीय र वर्ल्ड क्लास उत्पादन र सेवामार्फत देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
एमएडब्लु अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्विल लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेयरिङ लोडर जस्ता जेसीबी ब्रान्डका हेभी इक्विपमेन्टहरुको विक्री वितरण गर्दै आएको छ ।
नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी भएको कम्पनीको दावी छ ।
काठमाडौं – ग्रेटवाल मोटर (जीडब्ल्युएम) गाडीकोे नेपालका लागि आधिकारिक...
अर्को वर्ष अर्थात जुलाई ११, २०२४ मा फिएटको १२५औं वार्षिकोत्सव हो । सो...
काठमाडौं – नेपालका लागि स्कोडा कारको आधिकारिक वितरक एमएडब्लु एक्सपान्जले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...