एमएडब्लुले नेपालमा विक्री ग-यो १० हजार जेसीबी मेसिन, निकोलस पाण्डे बने १० हजारौं ग्राहक

काठमाडौं – नेपालका लागि जेसीबी मेसिनको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले नेपालमा १० हजार जेसीबी मेसिन विक्री गरेर नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्युप्मेन्ट क्षेत्रमा नयाँ प्रतिबिम्ब स्थापना गर्न सफल भएको छ ।

शुक्रबार जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दिपक सेठी र एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवालले कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक निकोलस पाण्डेलाई १०,०००औं मेसिनको चाबी हस्तान्तरण गरे ।

१०,०००औं मेसिनको रुपमा जेसीबी टेलिह्यान्डलरको चाबी हस्तान्तरण गर्दै जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दिपक सेठीले जेसीबी नेपालले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने भएकै कारणले दक्षिण एसियाको नम्बर १ डिलर बन्न सफल भएको बताए । उनले ग्राहक सुविधाका लागि कुनै पनि प्रकारको सहयोग आवश्यक परेको खण्डमा त्यसलाई पुर्ति गर्न जेसीबी इन्डिया सदैव तयार रहेको बताए ।

त्यसैगरी, कालिका कालिका कन्स्ट्क्सन प्रालिका प्रबन्ध निर्देशक निकोलस पाण्डेले जेसीबीले दिने सेवा सुविधाकै कारण यो ब्रान्ड आफ्नो पहिलो रोजाइमा परेको बताए ।

नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्ट क्षेत्रको अग्रणी खेलाडी मानिने एमएडब्लु जेसीबीले गुणस्तरीय र वर्ल्ड क्लास उत्पादन र सेवामार्फत देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

एमएडब्लु अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्विल लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेयरिङ लोडर जस्ता जेसीबी ब्रान्डका हेभी इक्विपमेन्टहरुको विक्री वितरण गर्दै आएको छ ।

नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी भएको कम्पनीको दावी छ ।

सम्बन्धित समाचारहरू

स्कोडा स्लाभियामा थपियो नयाँ एडिसन

स्कोडा स्लाभियामा थपियो नयाँ एडिसन

स्कोडाले आफ्नो लोकप्रिय सेडान स्लाभियाको नयाँ एडिसन लन्च गरेको छ । स्पेसल...

नेपाली बजारमा २ वर्ष भित्र ५ मोडलका चांगन गाडी भित्रिने, शुरुमा एल्सभिन सेडान उपलब्ध हुने

नेपाली बजारमा २ वर्ष भित्र ५ मोडलका चांगन गाडी भित्रिने, शुरुमा एल्सभिन सेडान उपलब्ध हुने

चीनको नम्बर १ प्यासेन्जर ब्रान्ड दाबी गर्ने चांगन अटोले नेपाली बजारमा...

स्कोडा स्लाभियाको रेकर्ड सेल, कुशाकको राम्रो प्रतिक्रिया, इलेक्ट्रिक समेत छिट्टै उपलब्ध हुने

स्कोडा स्लाभियाको रेकर्ड सेल, कुशाकको राम्रो प्रतिक्रिया, इलेक्ट्रिक समेत छिट्टै उपलब्ध हुने

भारतीय बजारमा स्कोडा स्लाभियाले निकै नै राम्रो प्रतिक्रिया पाएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...