बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– एमएडब्लू हायर पर्चेज प्रालि (एमएचपिलएल) ले आफ्ना ग्राहकका लागि ट्रेण्ड सेटिंग मोबाइल एप ल्याएको छ । आतबार एक कार्यक्रममाझ एमएडब्लू गुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपिलएलका महप्रबन्धक प्राणनाथ भट्टराईले ’एमएचपीएल एप’को सुरुवात गरे ।
‘एमएचपीएल’ एपको सुरुवात भएसँगै अब ग्राहकहरुका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रुपमा गर्नका लागि एक सुविधाजनक विकल्प उपलब्ध हुने जनाइएको छ । अब आफ्नो कर्जाको अवस्था जान्नका लागि ग्राहकहरुले भौतिक रुपमै उपस्थित हुनुपर्ने पुरानो बाध्यता पनि हट्ने कम्पनीको विश्वास छ । एमएचपीएलले गहिरो अध्ययन र उपभोक्ताहरुको आवश्यकतालाई ध्यानमा राखी यो एप ल्याएको हो ।
एपमार्फत कर्जा विवरणहरुको जानकारी र बाँकी सावा रकम को भुक्तानी तालिका, एपभित्र सुरक्षित र सुविधाजनक ईएमआई भुक्तानीका बिधुत्तिय विकल्पहरु, कर्जा अवस्थाको जानकारीको रियल टाइम नोटिफिकेसन, झन्झटमुक्त अनुभवका लागि युजर फ्रेन्डली इन्टरफेस लगायत सुविधा लिन सकिनेछ ।
‘एमएचपीएलमा हामी हाम्रा ग्राहकहरुका लागि निरन्तर रुपमा सुविधाहरु बढाउन हरसम्भव प्रयास गर्दै आएका छौं । आजको ’एमएचपीएल एप’ अनावरण हामीलाई हाम्रा ग्राहकसँग अझै बढी डिजिटल र प्रभावकारी ढंगले जोडिनका लागि एउटा कोसेढुंगा सावित भएको छ ।
एमएचपीएल एप मार्फत् अब ग्राहकहरुले आफ्ना कारोबारको रियल टाइम इनसाइटहरु प्राप्त गर्न सक्नेछन् । यो त केवल सुरुवात हो; हामी बजारको मागलाई सम्बोधन गर्दै एपका सुविधाहरुलाई अझै समृद्ध बनाउन निरन्तर प्रतिबद्ध छौं’ एमएचपीएलका महानिर्देशक प्राणनाथ भट्टराईले भने ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...