हुन्डाई आयोनिक ५ बन्यो सबैभन्दा ठूलो उचाई परिवर्तनको यात्रा गर्ने इलेक्ट्रिक कार
हुन्डाई आयोनिक ५ ईभीले इलेक्ट्रिक कारले सबैभन्दा धेरै उचाई र गहिराईमा...
काठमाडौं – गत बैशाख २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता नं. ६३८४ मार्फत एमएडब्लु समूहविरुद्ध लगाइएका भन्सार छली, भ्याट छली र कर छलीका आरोपहरू कुनै पनि ठोस तथ्य, प्रमाण वा कानुनी आधारविहीन भएको एमएडब्लु समूहले दाबी गरेको छ । समूहले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उक्त पत्र सम्माननीय प्रधानमन्त्रीज्यू र उहाँको टिमलाई दिग्भ्रमित पार्न तथा कम्पनीको व्यापार–व्यवसायलाई जानाजानी क्षति पु¥याउने दुर्भावनापूर्ण उद्देश्यले लेखिएको हो ।’
उजुरीको भरमा मात्र उद्योगी र व्यवसायीलाई दोषी ठहर गरी मिडिया ट्रायल गर्नु मुनासिब नहुने र यसबाट व्यवसायीहरू हतोत्साहित हुने, मनोबल घट्ने र व्यवसाय गर्ने वातावरणमा दूरगामी नकारात्मक प्रभाव पार्ने समूहको भनाइ छ ।
समूहको विज्ञप्ति अनुसारको प्रष्टीकरण यस प्रकार रहेको छ :
भन्सार छलीको आरोप तथ्यहीन
एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले फोटोन ब्रान्डका ईभी सवारीसाधनहरू अन्तर्राष्ट्रिय मान्यताअनुसार सही एचएस कोडमा घोषणा गरी भन्सार कार्यालयबाट आवश्यक जाँचपास गराएर र भन्सार कार्यालयले निर्धारण गरेको सम्पूर्ण महसुल तिरेर पूर्णतः नियमानुसार आयात गर्दै आएको हो ।
आर्थिक वर्ष २०८०।०८१ मा यसरी नियमानुसार आयात गरिएका ईभीहरूलाई महालेखा परीक्षकको कार्यालयले अन्य एचएस कोडमा वर्गीकरण गरी बेरुजु उठान गरेको थियो – यो भन्सार छली होइन, प्रशासनिक बेरुजु हो । बेरुजुलाई फौजदारी अपराधजस्तो गरी प्रस्तुत गर्नु सर्वथा अनुचित र भ्रामक छ ।
उक्त बेरुजुको सम्बन्धमा कम्पनीले सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन (0082-WO-0179) दायर गरेको छ । अदालतले मिति २०८२।०५।०८ मा भन्सार कार्यालयको पत्राचार कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश (स्टे अर्डर) जारी गरेको छ, जुन हाल पनि कायमै रहेको छ । न्यायालयमा मुद्दा विचाराधीन रहेकै अवस्थामा भन्सार छलीजस्तो गम्भीर फौजदारी आरोप लगाउनु र यसलाई अतिरञ्जित तरिकाले प्रसारण गर्नु न्यायिक प्रक्रियामाथिको प्रत्यक्ष हस्तक्षेप हो ।
उल्लेखनीय छ कि यस प्रकारका बेरुजुको समस्या केवल हाम्रो कम्पनीमा मात्र सीमित नभई यस्ता सवारीसाधन आयात गरी विक्री गर्ने समग्र आयातकर्ता उद्योगले भोगिरहेको साझा समस्या हो ।
मोरङ अटो वर्क्सका सम्बन्धमा सत्यतथ्य जानकारी
वि.सं. २०६७ को प्रतिवेदनसँग जोडिएको भ्याट छलीको आरोपका सम्बन्धमा – मोरङ अटो वर्क्सले आफू पीडित हुँदाहुँदै पनि आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयले आ.व. २०६७।०६८ मा निर्धारण गरेको अन्तिम र संशोधित कर निर्धारण आदेश बमोजिम सम्पूर्ण कर, ब्याज र जरिवाना समेत तिरी फछ्र्यौट गरिसकेको छ र कुनै पनि आर्थिक दायित्व बाँकी छैन ।
साथै, आरोप पत्रमा ‘कम्पनी बन्द रहेको’ भन्ने दाबी सर्वथा असत्य र भ्रामक छ । मोरङ अटो वर्क्स बन्द नभई हाल पनि अस्तित्वमै रहेको छ ।
एमएडब्लु समूहः कानून, कर र राष्ट्रसेवाप्रति प्रतिबद्ध
एमएडब्लु समूहका सम्पूर्ण कम्पनीहरू नेपालको प्रचलित कानून र साधिकार नियामक निकायको नियमनमा रही आर्थिक कारोबार गर्दैआएका छन् । भ्याट, आयकर लगायत सम्पूर्ण कर दायित्व समयमै तिर्दैआएको छ र कुनै पनि फौजदारी दायित्व आकर्षित हुने कार्यमा कम्पनी संलग्न छैन ।
एमएडब्लु समूह नेपालमा सर्वाधिक कर तिर्ने कम्पनीहरूमध्येको एक हो र विभिन्न सरकारी निकायबाट पटकपटक सम्मानित तथा पुरस्कृत भइआएको छ । आर्थिक वर्ष २०७९।०८० र २०८०।०८१ मा लगातार दुई वर्ष सेवा व्यवसायतर्फ सर्वाधिक आयकर दाखिला गर्ने कम्पनीको रूपमा एमएडब्लु हायर पर्चेज प्रालिलाई आन्तरिक राजस्व कार्यालय, बिराटनगरबाट विशेष सम्मान प्राप्त भएको छ ।
कम्पनीले स्थापनाकालदेखि हालसम्म नेपालको यातायात क्षेत्रलाई आधुनिकीकरण गर्न विश्वस्तरीय नवीन प्रविधियुक्त सवारीसाधनहरूको विक्री–वितरण गर्दै स्वदेशी बजारको माग पूरा गर्नुका साथसाथै स्वदेशी लगानी र उत्पादन क्षमता बढाउन उल्लेखनीय योगदान गर्दैआएको छ । देशभर ५ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी प्रदान गर्दै र राज्यलाई आ.व. २०८१/८२ मा साढे ११ अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाउँदै राष्ट्रिय अर्थतन्त्रलाई गतिशील राख्न महत्वपूर्ण योगदान पु-याएको छ ।
अन्त्यमा समूहले भनेको छ, ‘एमएडब्लु समूह नेपालको अग्रणी अटोमोबाइल तथा व्यापारिक समूह हो, जसले स्थापनाकालदेखि नेपालको यातायात क्षेत्रमा विश्वस्तरीय सवारीसाधनहरूको आयात, विक्री तथा वितरण गर्दैआएको छ ।’
हुन्डाई आयोनिक ५ ईभीले इलेक्ट्रिक कारले सबैभन्दा धेरै उचाई र गहिराईमा...
काठमाडौं — नेपाली बजारमा पहिले देखि नै विभिन्न ब्रान्डका सवारी साधन...
पोखरा बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ गत शनिबार पोखरामा सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...