आजबाट सुरु भयो एमएडब्लु एक्सचेन्ज मेला, पहिलो दिन ग्राहकको उत्साहजनक सहभागिता

काठमाडौं – नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आजबाट काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका आधिकारिक शोरुमहरुमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभल सुरु गरेको छ ।

आइतबारसम्म चल्ने यो एक्सचेन्ज मेलाको पहिलो दिन ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको छ । ग्राहकहरु दिपल, अवतार, नामी र सेरेसका ईभीहरुमा झुमिरहेका थिए । त्यसैगरी, रोबोटका क्रियाकलाप र रेसिङ सिमुलेटरहरुले पनि भीडलाई आकर्षित गरेको थियो भने साना केटाकेटीहरु विभिन्न खेलमा रमाइरहेका थिए ।

एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना गाडीहरु साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड ईभीमा अपग्रेड गर्ने सक्नेछन् । काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शिर्ष ईभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् ।

ग्राहकहरुले एक्सचेन्ज मेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरुको सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् । यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनेछन्, जसबाट निश्चित मोडलहरुमा अधिकतम १५ लाख रुपैयाँ सम्मको लाभ पाउन सक्नेछन् । यो कार्यक्रममा बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीका लागि नाइट स्टेको पनि अफर पाउने छन् ।

एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयूभी अवतारलाई टेस्ट ड्राइभ गर्न सकिने छ । काठमाडौं बाहेक नेपालभरका दिपल, नामी र सेरेसका सम्पूर्ण शोरुममा पनि एक्सचेन्ज कार्निभल आयोजना भइरहेको छ, जहाँ ग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर पाउने छन् ।

सम्बन्धित समाचारहरू

टेस्लामा रोबोटको आक्रमण, इन्जिनियरको ढाड र हातमा गम्भीर चोट

टेस्लामा रोबोटको आक्रमण, इन्जिनियरको ढाड र हातमा गम्भीर चोट

टेस्लाको गिगा टेक्सास कम्पनीमा सवारीसाधनका पार्टपुर्जाहरू उठाउने जिम्मा...

लुयान नेपालले ल्यायो होली अफर, १५ हजारसम्म नगद छुट

लुयान नेपालले ल्यायो होली अफर, १५ हजारसम्म नगद छुट

काठमाडौं – लुयान नेपालले होली पर्वको उपलक्ष्यमा नगद छुटको अफर सञ्चालन...

काठमाडौंको ठूलो भ-याङमा खुल्याे इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम

काठमाडौंको ठूलो भ-याङमा खुल्याे इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम

काठमाडौं – विद्युतीय सवारीको प्रयोगमा उत्साहजनक वृद्धि भइरहेका बेला,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...