डिफेन्डरको झल्को दिने बीएआईसीको नयाँ एसयूभी, मूल्य निकै सस्तो
काठमाडौं–चिनियाँ अटोमोबाइल निर्माता बीएआईसीले ल्यान्ड रोभर डिफेन्डरको...
काठमाडौँ – एमएडब्लु समूहले नाडा अटो शो २०२४ मा एक हजार युनिट भन्दा बढी दुई पांग्रे तथा चार पांग्रे सवारी साधनहरूको बिक्री गर्न सफल भएको घोषणा गरेको छ । यो प्रभावशाली उपलब्धिले एमएडब्लु समूहले ग्राहकहरुमा जगाएको विश्वास र विश्वसनियतालाई जोड दिने कम्पनीको भनाइ छ ।
एमएडब्लु समूहले यस वर्षको नाडा अटो शोमा यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चांगान, दिपल, अवतार र सेरेस लगायतका ब्रान्डहरूको लाइनअप प्रदर्शनमा राखेको थियो । एमएडब्लुले राखेको हरेक स्टलमा दर्शकहरुको सहभागिता, बाक्लो रहेको थियो।
्
एमएडब्लु समूहका निर्देशक श्री विष्णु अग्रवालले नाडा अटो शो प्रति कृतज्ञता र उत्साह व्यक्त गरे। उनले नाडा अटो शोमा गाडीहरुप्रति ग्राहकहरुले देखाएको उत्साह र यसको अतुलनीय सफलताको घोषणा गर्न पाउँदा धेरै हर्षित भएको बताए ।
एमएडब्लु–वृद्धि समूहका प्रबन्ध निर्देशक विवेक सिकरियाले पनि एमएडब्लु–वृद्धिले प्रतिनिधित्व गर्ने ब्रान्डहरूमा ग्राहकहरूको विश्वासको लागि कृतज्ञता व्यक्त गरे।
एमएडब्लु समूह गुणस्तर, रियालबल तथा इन्नोभेटिभ सवारी साधनहरू प्रदान गरी नेपाली बजारको विकासशील आवश्यकताहरू पूरा गर्न समर्पित भएको बताएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...