८२ हजारले अवलोकन गरे नाडा अटो शो २०२४, कुन कम्पनीको बुकिङ कति ?

काठमाडौं – गत भाद्र ११ देखि प्रारम्भ भएको नाडा अटो शो २०२४ हिजो समापन भएको छ । उक्त १६ संस्करणको नाडा अटो शो २०२४ मा ८२ हजार ४७० दर्शकहरुले अबलोकन गरेको नाडाले आधिकारिक रुपमा जानकारी प्रदान गरेको छ ।

निकै ब्यवस्थित रुपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनी गत बर्षहरुमा भन्दा निकै भब्य रुपमा सम्पन्न भएको छ । थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको सहभागिताका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । यो अटो शो बिगतमा भन्दा निकै भब्य र बृहत भएको अबलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन् । अत्यन्तै सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शो ले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको छ ।

समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२४ लाई सफल बनाउन सहयोग पु¥याउने सवै सरोकारवाला कम्पनी र संस्था सवैलाई धन्यवाद दिए ।

समापनसँगै अटो शोमा आफ्ना सवारी साधन प्रदर्शन गरेका विभिन्न कम्पनीहरुले आफ्ना गतिविधि वारेमा जानकारी सार्वजनिक गरेका छन् । विशेष गरी विद्युतीय सवारी साधनको बर्चस्व रहेको उक्त अटो शोमा विद्युतीय कार र स्कुटर लगायतका स्टलमा दर्शक झुम्मिएको पाइन्थ्यो ।

नाडा अटो शोमा सबैभन्दा बढी रेन्ज दिने विद्युतीय कार स्काइवेलका विभिन्न मोडल सार्वजनिक गरेको जी मोटर्सले १२६ युनिट गाडी बुकिङ भएको जानकारी सार्वजनिक गरेको छ । ६२०, ५२० र ४१० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक एसयूभी प्रदर्शन गरिएको स्काइवेलका यी ईभी एसयूभीको मूल्य पनि अन्य ईभीको तुलनामा धेरै छ । ४१० किमी बीई११ को मूल्य ७५ लाख ९० हजार, बीई११ ५२० किमीको मूल्य ८५ लाख ९० हजार र ईटी५ को मुल्य १ करोड १० लाख रुपैयाँ कायम गरिएको थियो । यद्यपि यो मूल्यमा अब अझै ५ लाख रुपैयाँ बढ्ने बताइएको छ ।

नेपाली बजारमा हालै मात्र भित्रिएको टाटा पन्च ईभीले विशेष चर्चा पायो । टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सबै गरी ६४४ गाडी बुकिङ भएको र ती मध्ये पन्च ईभीकै बुकिङ ४७५ युनिट भएको बताएको छ ।

३३ लाख ९९ हजार रुपैयाँ मूल्यबाट प्रारम्भ हुने पन्च ईभीमा डेडिकेटेड ईभी प्लेटफर्म ‘एक्ट ईभी’ प्रयोग गरिएको छ । पर्फमेन्स निकै राम्रो रहेको र नेपालको अटो बजारमा सिप्रदिले आर्जन गरेको छुट्टै लिगेसीका कारण पनि पन्च ईभीले नेपाली ईभी पारखीको विश्वास जित्नेमा ढुक्क हुन सकिन्छ ।

अटो शोमा चर्चा पाएको अर्को ब्रान्ड नामी हो । हालै मात्र नेपाली बजारमा भित्रिएको नामी ब्रान्डले नेपाली अटो बजारमा फरक पहिचान कायम गर्ने अनुमान गरिएको छ । नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पका अनुसार ७१७ युनिट नामी ईभी बुकिङ भएका छन् ।

यो फ्युचरिस्टिक ह्याचब्याक ईभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरिएन्टमा उपलब्ध छ जसको सुरुवाती मूल्य क्रमसः २९ लाख ९९ हजार, ३१ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ । ड्युअल टोनको लागि भने थप ५० हजार रुपैयाँ लाग्ने छ ।

एमएडब्लु वृद्धि अटोकर्पले उपलब्ध गराएका अन्य ब्रान्ड सेरेसका २१० र दिपलका १६५ युनिट भन्दा बढी बुकिङ भएका छन् । सेरेसका सेरेस ३ र मिनी ईभीका साथै दिपलका एल०७ र एस०७ अन्य चर्चित ईभी हुन् । अटो शोमा चर्चा कमाएका यी अन्य ब्रान्ड हुन् ।

जेको जे६ र ओमोडा ई५ लगायतका मोडल प्रदर्शन गरेको एसपीजी अटोमोबाइलले यी दुई ब्रान्डका ३५० युनिट भन्दा बढी बुकिङ भएको बताएको छ । अफरोड इलेक्ट्रिक एसयूभी उपलब्ध गराएर चर्चा कमाएको जेको जे६ मोडल भएकाले यसको स्टल अन्य भन्दा फरक थियो । त्यसैगरी पहिले देखि नै उपलब्ध ओमोडा ब्रान्ड आफैमा आकर्षणको केन्द्र थियो ।

अन्य ब्रान्डहरुले पनि प्रशस्तै बुकिङ गरेका छन् र यसको जानकारी सार्वजनिक गर्ने क्रम जारी राखेका छन् ।

सम्बन्धित समाचारहरू

नेक्स्ट–जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, के छ विशेषता ?

नेक्स्ट–जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, के छ विशेषता ?

काठमाडौं – बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स...

चार्जिङ नेटवर्क विस्तारमा आक्रामक बन्दै सीजी मोटर्स, देशकै ठूलो नेटवर्क बन्दै

चार्जिङ नेटवर्क विस्तारमा आक्रामक बन्दै सीजी मोटर्स, देशकै ठूलो नेटवर्क बन्दै

काठमाडौं – नेपालमा किङलङ र केवाईसी लगायतका इलेक्ट्रिक सवारी साधन उपलब्ध...

जेएसडब्ल्यू एमजीको नयाँ इलेक्ट्रिक कारले २४ घण्टामै पायाे ८ हजार बुकिङ

जेएसडब्ल्यू एमजीको नयाँ इलेक्ट्रिक कारले २४ घण्टामै पायाे ८ हजार बुकिङ

जेएसडब्ल्यू एमजीले हालै लन्च गरेको नयाँ इलेक्ट्रिक कार विन्डसर प्रोले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...