विद्युत प्राधिकरणले देशभर ५ सय चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्जिङ...
ईभी स्टार्टअप कम्पनी म्याटर इनर्जीले भारतको पहिलो गियर भएको इलेक्ट्रिक बाइक एराको लागि बुकिङ खुल्ला गरेको छ । यसको प्रि–बुकिङ मे १७ मा खुल्नेछ । सो बाइकले रिभोल्ट आरभी ४०० र टर्क क्रेटोससँग प्रतिस्पर्धा गर्नेछ ।
सो बाइक २ भेरिएन्ट एरा ५००० र एरा ५०००+ मोडेलमा उपलब्ध छ । कम्पनीले अहिलेसम्म एरा ४००० र एरा ६०००+ को मूल्य र विवरण सार्वजनिक गरेको छैन ।
ई–बाइक एरा ५००० र एरा ५०००+ भेरिएन्टमा ५ केडब्ल्युएचको लिक्विड–कुल्ड ब्याट्री प्याकको विकल्प दिइएको छ । सो बाइकले एकपटक फुल चार्जमा १२५ किलोमिटरको रेन्ज दिनेछ ।
यसको ब्याट्री प्याक सामान्य चार्जरबाट ५ घण्टामा र फास्ट चार्जरबाट २ घण्टामा फुल चार्ज गर्न सकिने दाबी गरिएको छ । ब्याट्रीको तौल करिब ४० किलोग्राम र एरा ई–बाइकको तौल १८० किलोग्राम छ ।
एरा ६०००+ मोडेलमा ६ केडब्ल्युएचको ब्याट्री प्याकको विकल्प छ जसले १५० किलोमिटरको रेन्ज दिन्छ ।
एरामा शार्प र स्कल्प्टेड लुक दिइएको छ । यसमा इन्टिग्रेटेड एलईडी डेटाइम रनिङ लाइटसँग एलईडी हेडल्याम्प दिइएको छ । सो इलेक्ट्रिक बाइकको अगाडि र पछाडि डिस्क ब्रेकसहित एबीएस छ ।
एरा ५००० र एरा ५०००+ मा १० केडब्ल्यु विद्युतीय मोटर छ । यसमा हाइपरसिफ्ट ४ स्पिड म्यानुअल गियरबक्समार्फत पावर उत्पादन गर्छ । सो ई–बाइकले ६ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्ने कम्पनीको दाबी छ ।
बाइकमा ३ वटा ड्राइभिङ मोड छ । ईको मोडमा यसको टप स्पिड ३० किमी प्रतिघण्टा, सिटी मोडमा ७० किमी प्रतिघण्टा र स्पोर्ट मोडमा ९५ किमी प्रतिघण्टा छ ।
एरामा ४जी, वाईफाई, ब्लुटुथ कनेक्टिभिटी, पार्क असिस्ट, किलेस अपरेशन, ओटीए अपडेट, प्रोग्रेसिभ ब्लिंकर र वेलकम लाइट सहितको ७ इन्चको टच–कम्प्याटिबल एलसीडी डिस्प्ले छ । साथै यसमा स्मार्टफोन एप र ९ एक्सिस इनर्सियल मेजरमेन्ट युनिट पनि रहेको छ ।
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्जिङ...
पछिल्लो समय चिनियाँ ईभी बजार निकै प्रतिस्पर्धात्मक बनिरहेको छ ।...
जिली ब्रान्डका ईभी हाल विश्वमै लोकप्रिय बनेका छन् । हाल ईभीका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...