मूल्य बृद्धि गर्ने तयारीमा भारतका तीन ठूला अटो उत्पादक, नेपाली बजार थप प्रभावित बन्ने

काठमाडौं– भारतका तीन ठूला अटो उत्पादक मारुती सुजुकी, टाटा र महिन्द्राले जनवरीदेखी मूल्य बृद्धि गर्ने तयारी थालेका छन् । उत्पादन लागत बढेको भन्दै यी तीन कम्पनीले मूल्य बृद्धि गर्ने बताएका हुन् । यी तीन ब्रान्डले बिक्री गर्ने कारमा कति रकमले मूल्य बृद्धि हुन्छ भन्ने विषयमा भने कुनै जानकारी बाहिर आइसकेको छैन ।

भारतमा मूल्य बृद्धि भएपछि नेपाली बजारमा समेत यी ब्रान्डका कार थप महंगो हुने देखिन्छ । कम्वसन भन्दा सस्तो पर्ने कारण नेपालमा इलेक्ट्रिक कारको बजार तिब्र गतिमा बिस्तार भइरहेको समयमा झनै मूल्य बृद्धि हुँदा महिन्द्रा र मारुती सुजुकीको बजार थप प्रभवित बन्ने अनुमान गर्न सकिन्छ । टाटाको इलेक्ट्रिक कार राम्रै संख्यामा बिक्री भैरहेका कारण उसको बजार खासै प्रभावित नहुने देखिन्छ ।

यी तीन ब्रान्डमा हाल मारुती सुजुकीले अल्टो, बलेनो, ब्रेजा, सेलेरियो, सियाज, डिजायर, इको, इर्टिगा, ग्रान्ड भिटारा, इग्निस, एसप्रेसो, स्विफ्ट, वागनआर, एक्सएल६, फ्रङ्क्स र जिम्नी मोडल बिक्री गर्दै आएको छ । यसैगरी टाटासंग अल्ट्रोज, हेरियर, नेक्सन, नेक्सन ईभी, पन्च सफारी, टियागो, टियागो इभी, टिगोर र टिगोर ईभी लगायत मोडल उपलब्ध छ ।

महिन्द्राले एक्सयूभी ३००, एक्सयूभी ७००, बलेरो, वलेरो नियो, स्कर्पियो क्लासिक र स्कर्पियो एन मोडल उपलब्ध गराउँदै आएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...