पहिलो इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा मारुती सुजुकी
मारुती सुजुकी इलेक्ट्रिक क्षेत्रमा प्रवेश गर्ने तयारी गरिरहेको छ ।...
मारुती सुजुकीले आफ्नो लोकप्रिय ह्याचब्याक कार स्विफ्टलाई विभिन्न समयमा अपग्रेड गर्दै लगेको छ । यो चर्चित कारको हालसम्म ४ वटा पुस्ता बजारमा आइसकेको छ भने पहिलो तीनवटा पुस्तामा कारको तौल कम गरिएको छ । हरेक पुस्तामा यसको माइलेज बृद्धि भइरहेको छ ।
भारतमा पहिलोपटक सन् २००५ मा लन्च गरिएको स्विफ्टको पहिलो पुस्ता १०१० किलोग्राम तौलको थियो । यो मोडल भारतमा सन् २०१० सम्म चल्यो । पहिलो पुस्ता स्विफ्टले प्रतिलिटर पेट्रोलको खपतमा १२.३६ किलोमिटर माइलेज दिने दावी गरिएको थियो ।
पछि कम्पनीले यसलाई २०१० मा अपग्रेड गरी दोस्रो पुस्ता ल्यायो । उक्त भर्सनको तौल ९६५ किलोग्राममा झारएको थियो भने यसले २०.४ किलोमिटर माइलेज दिने दावी गरियो । दोस्रो पुस्ता २०१८ सम्म चल्यो ।
कम्पनीले सन् २०१८ मा दोस्रो पुस्ता स्विफ्टको तुलनामा ६० किलोग्राम हलुका बनाएर तेस्रो पुस्ता सार्बजनिक गर्यो । ९०५ किलोमिटर तौल दिइएको उक्त भर्सनले २२.५६ किलोमिटर माइलेज दिने दाबी गरिएको छ । सुजुकीले स्विफ्टको तेस्रो पुस्तालाई यसै वर्ष अपग्रेड गरी नयाँ पुस्ता ल्याइसकेको छ । नयाँ अर्थात चौथो पुस्ताले २५.७५ किलोमिटर माइलेज दिने दावी गरिएको छ ।
नेपाली बजारमा आउने प्रतिक्षा गरिरहेको यो नयाँ मोडलको तौल तेस्रो पुस्ताको तुलनमा २० किलोग्राम बढी अर्थात ९२५ किलोग्राम छ । यो नयाँ कारमा सुजुकीले जेड सिरिजको नयाँ इन्जिनलाई प्रयोगमा ल्याएको छ । जसअनुसार इन्जिनको तौल नै पुरानो पुस्ताको तुलनमा बढी छ । कारलाई हलुका बनाउन सुजुकीले अल्ट्रा स्ट्रेन्थ स्टिल प्रयोग गर्ने गरेको छ ।
मारुती सुजुकी इलेक्ट्रिक क्षेत्रमा प्रवेश गर्ने तयारी गरिरहेको छ ।...
नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली...
भारतमा आज मारुती सुजुकीको नयाँ पुस्ताको सेलेरियो ह्याचब्याक कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...