नवरात्रमा मारुती सुजुकीको ४ दिनमै ८० हजार कार बिक्री

चाडपर्वको मौसम र हालै भएको जीएसटी दर कटौतीले भारतको कार बजारमा ठूलो उछाल ल्याएको छ। मारुती सुजुकीले नवरात्र २०२५ को पहिलो चार दिनमै भारतभर ८० हजारभन्दा बढी कार बिक्री गरी नयाँ कीर्तिमान कायम गरेको छ।

नयाँ लागू गरिएको जीएसटी २.० ले कार मूल्यमा उल्लेखनीय गिरावट ल्याएपछि ग्राहकहरूको चासो एकाएक बढेको हो। पहिले २८ प्रतिशत जीएसटी लाग्ने १२०० सीसीसम्मका इन्जिन भएको साना कारमा अब मात्र १८ प्रतिशत जीएसटी लाग्ने व्यवस्था भएपछि मारुती सुजुकीको धेरै मोडलहरू सस्तो भएको छ । जस्तै मारुतीको सबैभन्दा किफायती कार एस-प्रेसो करिब १ लाख ३० हजार भारुसम्म सस्तो भएको छ।

यही कारण नवरात्रको पहिलो दिनमै मारुती सुजुकीले ३० हजार कार बिक्री गर्न सफल भयो । त्यसपछि लगातार बढ्दो मागका कारण कम्पनीले चार दिनमै ८० हजार कार बिक्री गरेको घोषणा गरेको छ। कम्पनीका अनुसार दैनिक रुपमा ८० हजारभन्दा बढी ग्राहकले मारुती सुजुकीका कारबारे जानकारी लिने गरेका छन् । साथै ग्राहकहरूको रोजाइमा इन्ट्री लेभल कार बलेनो, डिजायर, ब्रेजा र एर्टिगा जस्ता लोकप्रिय मोडल पनि परेका छन् ।  

मारुती सुजुकीले हाल भारतीय बजारमा २३ मोडल बिक्री गर्दै आएको छ, जसमा ९ ह्याचब्याक, ३ सेडान, ५ एसयूभी, ४ एमपीभी र २ मिनीभ्यान छन् । यी कारहरूको मूल्य ३ लाख ५० हजारदेखि सुरु भएर २८ लाख ६१ हजार भारुसम्म पर्छ।

सम्बन्धित समाचारहरू

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

विश्व अटो उद्योग अहिले एक ऐतिहासिक मोडमा पुगेको छ । दशकौँदेखि चीन र...

तयार हुँदै बलेनो फेसलिफ्ट, पहिलो पटक परीक्षणमा देखियो

तयार हुँदै बलेनो फेसलिफ्ट, पहिलो पटक परीक्षणमा देखियो

मारुती सुजुकीले छिट्टै बजारमा ल्याउने तयारी थालेको बलेनो परीक्षणका...

१९ हजार सस्तोमा जिक्सर १५५ को २०२३ मोडल

१९ हजार सस्तोमा जिक्सर १५५ को २०२३ मोडल

काठमाडौं– जिक्सर १५५ को २०२३ मोडल नेपाल आएको छ । हालसालै आएको सो नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...