मारुती सुजुकी र टोयोटाले ल्याउन लागेको नयाँ कारमा विवाइडीको ब्लेड ब्याट्री प्रयोग हुने

मारुती सुजुकी र टोयोटाले निकट भबिष्यमा ल्याउने तयारी थालेको इलेक्ट्रिक मिड साइज एसयुभीमा विवाइडीको ब्लेड ब्याट्री प्रयोग हुने भएको छ । लिथियम आयोन ब्याट्रीको तुलनामा प्रभावकारी हुनुको साथै मूल्य समेत कम पर्ने कारण यी दुई ब्रान्डले संयुक्त रुपमा ल्याउन लागेको नयाँ इलेक्ट्रिक कारमा यो ब्याट्री प्रयोग गर्न लागिएको जनाइएको छ ।

लिथियम आयोन ब्याट्रीको तुलनामा थप सुरक्षित र सेल टु प्याक आर्किटेक्चरका कारण यो ब्याट्री जडान गरी सवारीसाधन निर्माण गर्दा समग्र लागत नै कम पर्ने विश्वास गरिँदै आएको छ । टोयोटाले सन् २०१९ मै विवाइडीसंग मिलेर नयाँ ब्याट्रीको बिकासमा साझेदारी गर्ने सम्झौता गरिसकेको छ । जसअनुरुप भारतमा मारुतीसुजुकी संग मिलेर उत्पादन हुन गैरहेको नयाँ इलेक्ट्रिक कारमा उसले यो व्याट्रीलाई प्रयोगमा ल्याउन लागेको हो ।

हाल बजारमा मर्सिडिज बेन्ज, बिएमडब्लु, फक्सवागन र फोर्ड लगायत अन्य युरोपियन ब्रान्डले समेत प्रयोगमा ल्याएको लिथियम फेरस फस्फेट केमेस्ट्रीमा आधारित भई बिवाइडीले यो ब्लेड ब्याट्रको बिकास गरेको हो । परम्परागत लिथियम आयोन ब्याट्रीको तुलनामा थप शक्तिशाली, बिलयो, टिकाउ, उच्च रेन्जयुक्त हुनुको साथै यसको मूल्य समेत सस्तो रहेको छ ।

सम्बन्धित समाचारहरू

सुपर कम्प्युटर जस्तो दिमाग भएको संसारकै पहिलो कार लिपमोटर डी१९ ले सबैको ध्यान तान्दै

सुपर कम्प्युटर जस्तो दिमाग भएको संसारकै पहिलो कार लिपमोटर डी१९ ले सबैको ध्यान तान्दै

चीनको इलेक्ट्रिक कार निर्माता लिपमोटरले आफ्नो अहिलेसम्मकै सबैभन्दा...

भियतनामको ईभी निर्माता ‘भिनफास्ट’ काे बजार पुँजीकरण ८५ अर्ब अमेरिकी डलरभन्दा बढी

भियतनामको ईभी निर्माता ‘भिनफास्ट’ काे बजार पुँजीकरण ८५ अर्ब अमेरिकी डलरभन्दा बढी

भियतनामको विद्युतीय सवारी निर्माता ‘भिनफास्ट’ले सेयर बजारको कुल...

सिजी मोटर्सको एक्सचेन्ज क्याम्प, पुराना गाडीसँग नेटा भी साट्न सकिने

सिजी मोटर्सको एक्सचेन्ज क्याम्प, पुराना गाडीसँग नेटा भी साट्न सकिने

काठमाडौं– सिजि मोटर्सले पुराना गाडीसँग नेटा भी साट्न सकिने क्याम्पको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...