टाटा पन्चसँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ माइक्रो एसयूभी ल्याउने

मारुती सुजुकीले नयाँ माइक्रो एसयुभी ल्याउने तयारी थालेको छ । कम्पनीले जापनमा बिक्री हुँदै आएको एक विशिष्ट केई कार हसलरलाई भारतमा लन्च गर्ने भएको हो । सो नयाँ एसयूभीले टाटा पन्च र हुन्डाई एक्स्टरसंग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

सुजुकीको सो नयाँ कार भारतिय सडकमा परिक्षण हुँदै गर्दा देखा परेकाले छिट्टै लन्च हुने आँकलन गरिएको छ । यद्यपी हसलरलाई भारतमा लन्च गर्ने विषयमा भने कम्पनीले हालसम्म औपचारिक जानकारी गराएको छैन ।

जिम्नी जस्तै बक्सी डिजाइनमा देखिएको सो कारमा गोलाकार हेडल्याम्प सहितको अपराईट फ्रन्ट फेसिया र रियरमा आयताकार टेल ल्याम्पसहितको स्ल्याब साइड दिइएको छ । यसको वरिपरि कालो क्लेडिङ सहित स्क्वायर–इश व्हील आर्चहरू राखिएका छन् ।

२ हजार ४२५ मिलिमिटर लामो ह्विलवेश भएको हस्टलरमा वाई–स्पोक डुअल–टोन एलोय ह्वील, पुल–टाइप डोर ह्यान्डल र रूफ रेल उपलब्ध छ । यो नयाँ कार लन्च भएपछि यसले हालको इग्निसलाई प्रतिस्थापन गर्नेछ । साथै यसले माइक्रो एसयूभी सेग्मेन्टमा राम्रो बजार लिइन सफल हुन्डाई एक्सटर र टाटा पन्चलाई चुनौती पेश गर्नेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...