मारुती सुजुकीको वार्षिक उत्पादन २० लाख युनिट नाघ्यो, बन्यो नयाँ माइलस्टोन

मारुती सुजुकीले आफ्नो इतिहासमा पहिलो पटक एक क्यालेन्डर वर्षमा २० लाख गाडी उत्पादनको माइलस्टोन हासिल गरेको छ । यस्तो उपलब्धी भारतमा अन्य कुनै कार निर्माताले हासिल गर्न सकेको छैन । यो माइलस्टोनमा पुग्ने सुजुकी मोटर कर्पोरेशनको विश्वव्यापी अटोमोबाइल उत्पादन सुविधाहरूमध्ये मारुती सुजुकी पहिलो समेत हो ।

कम्पनीका अनुसार मानेसरमा उत्पादन लाइनमा रोल अफ गर्ने २० लाखौं गाडी अर्टिगा थियो । उत्पादन भएका २० लाख गाडीमध्ये ६० प्रतिशत हरियाणा र ४० प्रतिशत गुजरातमा उत्पादन भएका थिए । बलेनो, फ्रन्क्स, एर्टिगा, वागनआर र ब्रेजा जस्ता मोडलहरू सन् २०२४ मा उत्पादित उत्कृष्ट ५ सवारी साधनमा परेका थिए ।

हाल, मारुती सुजुकीको भारतमा तीनवटा उत्पादन इकाइहरू छन् । जसको संयुक्त वार्षिक उत्पादन क्षमता २३ लाख ५० हजार युनिट छ । कार निर्माताले यसलाई ४० लाख युनिटसम्म विस्तार गर्ने योजना बनाएको छ ।

बढ्दो मागलाई पूरा गर्न मारुतीले खरखोडामा नयाँ सुविधा निर्माण समेत गरिरहेको छ । उक्त प्लान्ट २०२५ मा सञ्चालनमा आउने जनाइएको छ । पूर्ण रूपमा सञ्चालनमा आएपछि यो प्लान्टले वार्षिक १० लाख युनिट कार उत्पादन गर्नेछ । साथै, कम्पनीले १० लाख युनिट क्षमताको अर्को प्लान्ट समेत निर्माण गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

स्मार्ट सिरोजेनिक्स बन्यो सुजुकीको नेक्स्ट जेन शोरुम

स्मार्ट सिरोजेनिक्स बन्यो सुजुकीको नेक्स्ट जेन शोरुम

काठमाडौं – नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक...

मारुतीले १ देखि ९ जूनसम्ममा आफ्नो प्लान्ट बन्द गर्ने, सो प्लान्टमा अक्सिजन निर्माण गर्ने

मारुतीले १ देखि ९ जूनसम्ममा आफ्नो प्लान्ट बन्द गर्ने, सो प्लान्टमा अक्सिजन निर्माण गर्ने

भारतमा कोभिड १९ को महामारीमा मारुती सुजुकी कम्पनी मदतको लागि अगाडि बढेको छ...

लन्च भएको १ महिना नवित्दै नयाँ डिजायरलाई ३० हजार युनिट बुकिङ

लन्च भएको १ महिना नवित्दै नयाँ डिजायरलाई ३० हजार युनिट बुकिङ

मारुती सुजुकीले हालै लन्च गरेको नयाँ डिजायर भारतमा लोकप्रिय बन्दै गएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...