नयाँ माइक्रो एसयूभी ल्याउने तयारीमा मारुती सुजुकी, टाटा पन्चसँग प्रतिस्पर्धा हुने

मारुती सुजुकीले नयाँ माइक्रो एसयूभी विकास गरिरहेको छ। कम्पनीले परम्परागत साना ह्याचब्याक कारको माग घट्दै गएको र ग्राहकहरू एसयूभी सवारी साधनतर्फ आकर्षित भइरहेको अवस्थालाई मध्यनजर गर्दै सो नयाँ मोडेल बजारमा ल्याउने तयारी गरिरहेको हो।

रिपोर्टका अनुसार सो नयाँ माइक्रो एसयूभी दमदार र अग्लो हुनेछ । कम्पनीले यसलाई पेट्रोल इन्जिनमा मात्र सीमित नराखी हाइब्रिड, सिएनजी र ईभी भेरिएन्टमा पनि उपलब्ध गराउने योजना बनाएको छ।

सो नयाँ माइक्रो एसयूभीको सफलतामा यसको मूल्य निर्धारणले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। हाल टाटा पन्चको पेट्रोल र सिएनजी संस्करणको मूल्य ५ लाख ६५ हजार भारुदेखि १० लाख ६० हजार भारुसम्म रहेको छ भने यसको ईभी संस्करणको मूल्य ९ लाख ६९ हजार भारुदेखि १२ लाख ५९ हजार भारुसम्म रहेको छ।

मिडिया रिपोर्टका अनुसार यदि मारुती सुजुकीले आफ्नो नयाँ माइक्रो एसयूभी टाटा पन्चको तुलनामा करिब ३० हजारदेखि ४० हजार भारुसम्म सस्तो मूल्यमा बजारमा ल्याउन सफल भयो भने यसले बजारमा राम्रो प्रतिस्पर्धा गर्दै उल्लेखनीय सफलता हासिल गर्न सक्ने अनुमान गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...