भारतमा बनेको सुजुकी फ्रङ्क्स जापानमा निर्यात सुरु

मारुती सुजुकीले मेड इन इन्डिया फ्रङ्क्सलाई जापानमा निर्यात गर्न सुरु गरेको छ । गुजरातको पिपावाव बन्दरगाहबाट १ हजार ६०० भन्दा बढी फ्रङ्क्सको पहिलो खेप पठाइएको कम्पनीले जनाएको छ ।

फ्रङ्क्स जापानमा निर्यात हुने मारुती सुजुकीको दोस्रो मोडल हो । कम्पनीले सन् २०१६ मा बलेनोलाई पहिलोपटक जापान निर्यात गरेको थियो । एसयूभीको हकमा भने यो जापान निर्यात हुने पहिलो मोडल हो ।

सुजुकीको हर्टेक्ट प्लेटफर्ममा आधारित फ्रङ्क्स १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल ईन्जिनमा उपलब्ध छ । जसको पावर क्रमश ८९ तथा ९९ र टर्क ११३ तथा १४८ एनएम छ । यो कार ५–स्पीड म्यानुअल, ५–स्पीड एएमटी र ६–स्पीड अटोमेटिक ट्रान्समिसन विकल्पमा उपलब्ध छ ।

भारतको सबैभन्दा ठूलो प्यासेन्जर कार निर्माता मारुती सुजुकीले हाल विश्वका १०० भन्दा बढी देशमा कार निर्यात गर्दै आएको छ । कम्पनीले गत आर्थिक वर्षमा मात्रै २ लाख ८० हजार कार भारत बाहिर निर्यात गरेको थियो । यो आर्थिक वर्षको पहिलो त्रैमासिकमा मात्र सुजुकीले रेकर्ड ब्रेक निर्यात गर्दै ७० हजार ५६० कार भारत बाहिर निर्यात गरेको छ ।

सम्बन्धित समाचारहरू

१ महिना बढ्यो सुजुकी गाडीमा फ्रि सर्भिस र वारेन्टी पिरियड

१ महिना बढ्यो सुजुकी गाडीमा फ्रि सर्भिस र वारेन्टी पिरियड

काठमाडौं – नेपाली बजारमा बिक्री भएका सुजुकीका विभिन्न मोडलका गाडीमा भएको...

मारुती अल्टो थप पावरफुल भएर आउँदै, सेलेरियोको इन्जिन जडान हुन सक्ने

मारुती अल्टो थप पावरफुल भएर आउँदै, सेलेरियोको इन्जिन जडान हुन सक्ने

मारुती सुजुकीको इन्ट्री लेभल ह्याचब्याक कार अल्टो थप पावरफुल इन्जिन सहित...

नेपाल भित्रियो बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर, निषेधाज्ञा पश्चात बिक्री प्रारम्भ गरिने

नेपाल भित्रियो बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर, निषेधाज्ञा पश्चात बिक्री प्रारम्भ गरिने

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...