बलेनो र वागन आरको फ्यूल पम्पमा समस्या, फिर्ता बोलाइयो १६ हजार कार

मारुती सुजुकीले फ्यूल पम्प मोटर कम्पोनेन्टमा हुने सम्भावित त्रुटिका कारण बलेनो र वागनआर मोडलहरू फिर्ता बोलाउने घोषणा गरेको छ । २०१९ जुलाई ३० देखि नोभेम्बर १,सम्ममा निर्मित बलेनोका ११ हजार ८५१ युनिट र वागनआरका ४ हजार १९० युनिट प्रभावित रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फ्यूल पम्प मोटरको कम्पोनेन्टमा समस्या आउँदा इन्जिन बन्द हुने अर्थात स्टार्ट हुने समस्या निम्त्याउन सक्छ । यस्तो समस्य निम्तिनु दुर्लभजस्तै भए पनि कार निर्माताले सावधानीका रूपमा सवारी साधन फिर्ता बोलाउने निर्णय गरेको हो ।

फिर्ता बोलाइएका कारको मर्मतसम्भार निशूूल्क गरिने र छिटोभन्दा छिटो ग्राहकलाई फिर्ता दिइने कम्पनीको भनाई छ । ग्राहकले मारुती सुजुकीको आधिकारिक वेबसाइटमा चेसिस नम्बर ईन्ट्रि गरेर आफ्नो गाडी फिर्ता बोलाइएको मध्ये छ कि छैन भनेर जाँच गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

सुजुकी मोटरसाइकल किन्दा यस्तो छ दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठको योजना

सुजुकी मोटरसाइकल किन्दा यस्तो छ दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठको योजना

कठमाडौं – सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता...

फुल चार्जमा २०० किलोमिटरको रेन्ज दिने मारुती वागन आर इलेक्ट्रिक कार, फेरि देखियो परीक्षणमा

फुल चार्जमा २०० किलोमिटरको रेन्ज दिने मारुती वागन आर इलेक्ट्रिक कार, फेरि देखियो परीक्षणमा

मारुती सुजुकीले भारतीय बजारमा नयाँ मोडलको कार लन्च गर्ने तयारी अवस्थामा...

मारुती सुजुकी नयाँ ब्रेजाको पहिलो टिजर बाहिरियो : जुन ३० को लन्च पहिले खुल्यो बुकिङ

मारुती सुजुकी नयाँ ब्रेजाको पहिलो टिजर बाहिरियो : जुन ३० को लन्च पहिले खुल्यो बुकिङ

मारुती सुजुकीले भारतीय बजारमा आगामी जुन ३० मा लन्च गर्ने तयारी गरिरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...