सुजुकीले ई-भिटारा लन्च गर्दै, नयाँ विवरण सार्वजनिक

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई-भिटारा केही महिनामै सार्वजनिक गर्ने तयारी गरिरहेको छ। रिपोर्टका अनुसार ई-भिटारा दुई फरक ब्याट्री प्याक विकल्प र तीन भेरिएन्टमा उपलब्ध हुनेछ।

कम्पनीले सो इलेक्ट्रिक एसयूभीमा ४८.८ किलोवाट र ६१.१ किलोवाटका दुई लिथियम आयरन फस्फेट ब्याट्री प्याक समावेश गर्ने योजना बनाएको छ। डेल्टा भेरिएन्टमा सानो ब्याट्री दिइनेछ भने जेटा र अल्फा भेरिएन्टमा ठुलो ब्याट्री उपलब्ध हुनेछ ।

सो ब्याट्रीलाई डीसी फास्ट चार्जरमार्फत १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न ४५ मिनेट लाग्नेछ। साथै ७ किलोवाटको सिंगल-फेज एसी चार्जर प्रयोग गर्दा सानो ब्याट्री ९ घण्टामा र ठुलो ब्याट्री ६.५ घण्टामा पूर्ण चार्ज हुने जानकारी दिइएको छ।

ई-भिटारामा सिंगल मोटर फ्रन्ट ह्विल ड्राइभ कन्फिगरेसन हुनेछ। डेल्टा भेरिएन्टको मोटरले १०५.८ किलोवाट पावर र १९२.५ एनएम टर्क दिनेछ भने अन्य भेरिएन्टमा यो पावर १२८ किलोवाट हुनेछ। यसको टप स्पिड १५० किलोमिटर प्रतिघण्टा हुनेछ । रिपोर्टका अनुसार सानो ब्याट्री भएको भेरिएन्टले करिब ४०० किलोमिटरको र ठुलो ब्याट्री भएकोले ५०० किलोमिटरभन्दा बढीको रेन्ज दिनेछ।

मारुती सुजुकीले सो मोडल सेप्टेम्बर २०२५ भित्र बजारमा ल्याउने लक्ष्य राखेको छ।

सम्बन्धित समाचारहरू

सुजुकीले बढायो सबै गाडीको मूल्य, ब्रेजामा बढाइयो १ लाख ५ हजारसम्म

सुजुकीले बढायो सबै गाडीको मूल्य, ब्रेजामा बढाइयो १ लाख ५ हजारसम्म

काठमाडौं – सुजुकी गाडीको नेपालका लागि आधिकारिक बितरक सिजी मोटोकर्पले...

नयाँ जेनेरेसनमा आयो ब्रेजा : पहिलो पटक इलेक्ट्रिक सनरुफ र अन्य धेरै फिचर

नयाँ जेनेरेसनमा आयो ब्रेजा : पहिलो पटक इलेक्ट्रिक सनरुफ र अन्य धेरै फिचर

नेपाली बजारमा समेत लोकप्रिय सुजुकीको भिटारा ब्रेजा नयाँ डिजाइन...

८ नयाँ मोडल लन्च गर्दै सुजुकी, उत्पादन दोब्बर र निर्यात तीन गुणा बृद्धि गर्ने लक्ष्य

८ नयाँ मोडल लन्च गर्दै सुजुकी, उत्पादन दोब्बर र निर्यात तीन गुणा बृद्धि गर्ने लक्ष्य

मारुती सुजुकीले आफ्नो भिजन ३.० रणनीति अन्तर्गत आगामी ४ वर्षमा ८ नयाँ मोडल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...