थप प्रिमियम सुविधासहित मारुती सुजुकी इको स्टार एडिसन लन्च

मारुती सुजुकीले आफ्नो कमर्शियल भ्यान मारुती इकोको नयाँ स्टार एडिसन लन्च गरेको छ। नयाँ संस्करण इकोलाई पहिलेभन्दा प्रिमियम, स्टाइलिश र आकर्षक बनाएको छ।

नयाँ स्टार एडिसनमा १८ वटा आकर्षक एसेसरिज समावेश गरिएको छ। यसमा बडी कलर बम्पर, रियर स्पोइलर, फगल्याम्प, स्टाइलिङ किट, नयाँ सिट कभर, स्टाइलिश ह्विल कभर, क्रोम एम्ब्लम, डोर भाइजर र मड फ्ल्याप जस्ता एसेसरिज समावेश छ । यसको इन्टेरियरमा नयाँ स्टाइलिङ किट र सिट कभर प्रयोग गरिएको छ । साथै यसमा म्यानुअल स्लाइडिङ डोर दिइएको छ, जसले यात्रु चढ्न र ओर्लन सहज बनाउँछ। सो गाडी ५ सिटर तथा ६/७ सिटर विकल्पमा उपलब्ध छ।

नयाँ इकोमा हिटर, ट्याकोमिटर, रियर पार्किङ सेन्सरलगायत फिचर उपलब्ध गराएको छ भने केही भेरिएन्टमा एयर कन्डिसन सिस्टम पनि दिइएको छ । साथै सेफ्टीका लागि गाडीमा ६ वटा एयरब्याग, ईबीडीसहितको एबीएस तथा सिटबेल्ट रिमाइन्डर जस्ता फिचर समावेश गरिएको छ । यद्यपि सो गाडीले ग्लोबल एनक्याप परीक्षणमा शून्य स्टार सेफ्टी रेटिङ प्राप्त गरेको थियो।

नयाँ इकोको सबै भेरिएन्टमा १.२ लिटर के१२एन पेट्रोल इन्जिन प्रयोग गरिएको छ। सो इन्जिनले ७९.६५ बीएचपी पावर र १०५ एनएमको टर्क उत्पादन गर्छ । गाडीमा ५ स्पिड म्यानुअल गियरबक्स जडान गरिएको छ। माइलेजका हिसाबले पेट्रोल संस्करणले प्रतिलिटर १९.७१ किलोमिटर र सीएनजी संस्करणले प्रतिकिलो २६.७८ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ।

नयाँ स्टार एडिसनको मूल्य भारतीय बजारमा १९ हजार ९९९ भारु निर्धारण गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...