अल्टोको नयाँ मोडल चाँडै लन्च हुँदै, यस्तो छ विशेषता

मारुती सुुजुकी अल्टोको प्रिमियर मोडल लन्च हुने भएको छ । नयाँ अल्टो डिसेम्बर २०२० मा डेब्यू हुनेछ । सो कार भारतमा अर्काे वर्ष लन्च हुने भएको छ । भारत लगायत नेपालमा अल्टो कार बढी बिक्री हुने कार हो । हाल उपलब्ध मोडल भन्दा नयाँ मोडल लामो हुनेछ ।

नयाँ सुजुकी अल्टोको नयाँ मोडलमा नयाँ डिजाइनको ग्रिल हुनेछ । यसको साथै कारमा अपडेटेड बम्पर र रिभाइज्ड हेडल्याम्प समावेश गरिने छ । नयाँ अल्टोमा नयाँ डिजाइन भएको ह्विल्स, अपडेटेड टेलल्याम्प र बम्परको साथमा उपलब्ध हुनेछ ।

सो ह्याचब्याकको हायर भेरिएन्टमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पनि समावेश हुनेछ । नेक्स्ट जेनेरेसन अल्टो नयाँ हार्टटेक प्लेटफर्ममा आधारित हुनेछ । कम्पनीका अनुसार अल्ट्रा र एडभान्ड हार्ई स्ट्रेन्थ स्टिलको प्रयोग गरी सो मोडल निर्माण गरिएको छ ।

सो कारमा कस्मेटिक परिवर्तन, फिचर अपग्रेड र नयाँ प्लेटफर्मको कारण यसको मूल्यमा अलि बढोत्तरी हुनेछ ।

जापानमा नेक्स्ट जेनेरेसन सुजुकी अल्टो नयाँ आर०६डी ६५८ सीसी इन्जिनको साथमा उपलब्ध हुनेछ । सो इन्जिनले ६८ बीएचपीको पावर जेनेरेट गर्छ ।

ह्याचब्याकको स्पोर्टी भर्सन पनि उपलब्ध हुनेछ । जसमा टर्बाेचाज्र्ड इन्जिन हुनेछ । २०२१ मारुती सुजुकी अल्टो ७९६ सीसी नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनको साथमा उपलब्ध हुने सम्भावना रहेको छ । जसले ४८ बीएचपीको पावर ६९ एनएमको टर्क जेनेरेट गर्छ । सो कार म्यानुअल र एएमटी गियरबक्सको विकल्पमा उपलब्ध हुनेछ ।

नयाँ मोडलमा नयाँ हार्टटेक प्लेटफर्मको कारणले पुरानो मोडलको भन्दा बढी सेफ्टी फिचर हुनेछ । नयाँ मोडल ड्युअल एयरब्यागको विकल्पमा भन्दा स्ट्यान्डर्ड सेफ्टी फिचर हुनेछ । हाल उपलब्ध मोडलमा स्ट्यान्डर्ड सेफ्टी किटमा ड्राइभर एयरब्याग, ईबीडीको साथमा एबीएस, रिभर्स पार्किङ सेन्सर, को ड्राइभर सिट बेल्ट रिमाइन्डर र स्पिड अलर्ट सिस्टम समावेश रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...