आज विश्व वातावरण दिवस, विद्युतीय सवारी साधन वारेमा नेपाल अटोले वृहत अन्तरक्रिया गर्दै
काठमाडौं – आज जुन ५ अर्थात विश्व वातावरण दिवस हो । यस वर्षको विश्व वातावरण...
अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया रेस अफिसियल तथा मार्सल तालिम काठमाडौँमा सम्पन्न भएको छ । तालिममा अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनका प्रशिक्षक र ११० जना सहभागीको रहेको थियो ।
गत भदौ २८ र २९ गते सञ्चालन भएको तालिम नेपाल अटोमोवाइल्स एसोसिएसन र यसका मोटरसाइकल तथा टेनिङ्ग कमिसनको संयोजन, अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया सहयोग तथा माटोभर्स स्पोर्टस् क्लवको व्यवस्थापनमा भएको हो । तालिममा मोटो जिपी तथा अन्य अन्तर्राष्ट्रिय मोटरसाइकल स्पोर्टमा अफिसियल भएका प्रशिक्षकले सकभागीलाई रेस सञ्चालन, व्यवस्थापन तथा मार्सलिङ्गको तालिम दिएका हुन् ।
अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशियाका प्रशिक्षक सुजिकुमार, समिर सुनेजा तथा मन्दिप सिंहले इभेन्ट डिजाइन, खेल सञ्चालन, मार्सलिङ्ग तथा मार्सलको काम, कर्तव्य र अधिकार, सेफ्टी र कम्यूनिकेसन तथा रिपोर्टिङ जस्ता विषयमा सहजिकरण गरेका हुन् । संघका वरिष्ठ उपाध्यक्ष प्रा.डा बुलन्द थापाले रेसमा मेडिकल र रेस्कूकम साथै खेलमा डोपिङ्ग सम्बन्धि नियम, प्रचलन तथा टेस्टको प्रक्रियाको बारेमा जानकारी दिए ।
नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा भएको यस तालिममा बागमती प्रदेश खेलकुद विकास परिषदका नवनियुक्त सदस्य सचिव दिपक लामा, अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन वल्र्ड काउन्सिल मेम्बर तथा नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदाय चन्द्रवदना राई, नेपाल ओलम्पीक कमिटीका कार्यकारी सदस्य रमेश सिवाकोटी, बागमती प्रदेश खेलकुद विकास परिषदका पूर्व सदस्य सचिव सूर्यलाल भण्डारी, सदस्य सुनिता गौतम, नेपाल स्पोर्ट क्लाइम्बिङ्ग एसोसिएसनका अध्यक्ष रमेश पौड्याल लगायत सहभागी थिए ।
कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदका नवनियुक्त सदस्य सचिव दिपक लामालाई बधाई तथा शुभकामना दिइएको छ । सदस्य सचिव लामाले नेपालमा साहसिक खेलको सम्भावना तथा गौरीटारमा प्रस्तावित नेपालकै पहिलो रेसिङ्ग सर्किटमा थप लगानी वृद्धि गरी समयमै निमार्ण सक्याउने प्रतिवद्धता दिदै सहभागीको हौसला बढाएको बताए । कार्यक्रममा आगामी वर्षको लागी रेसिङ्ग, टुरिङ्ग तथा ट्रनिङ्ग लगायतका कार्य गर्ने आयोजकले प्रतिवद्धता र अन्तर्राष्ट्रिय एक्पोजर बढाउन कार्यरत रहने प्रशिक्षकले साथ दिने घोषणा गरेका छन् ।
नासा नेपालका उपाध्यक्ष अनिलकुमार बरालले सञ्चालन गरेको तालिममा माटोभर्स स्पोर्टस् क्लवका अध्यक्ष आशिष रौनियारले स्वागत गरेका हुन् ।
काठमाडौं – आज जुन ५ अर्थात विश्व वातावरण दिवस हो । यस वर्षको विश्व वातावरण...
सातौ युएन ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा अति नै संवेदनशील बनिरहेको...
कठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा अन्तर्राष्ट्रिय तथा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...