राउन्ड टु रोड रेसिङ च्याम्पियनसिप चितवनमा सम्पन्न, यी राइडर बने विजेता
चितवन – चितवनको भरतपुरमा सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिप राउन्ड...
काठमाडौं – नासा नेपाल ट्रेनिङ्ग तथा मार्सल कमिसन र मोटरसाइक्लिङ कमिसनसँगको सहकार्यमा फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम) को मार्सल तालिम नेपालमा पहिलो पटक आयोजना हुने भएको छ । मोटोभर्स स्पोर्ट्स क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम आगामी भदौं २८ र २९ गते काठमाडौंमा हुन लागेको हो ।
फर्मुला वान र मोटोजिपी जस्ता इभेन्टहरुका अनुभवी प्रशिक्षकबाट मार्सल तालिम सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ ।
एफआईएम एसियाको संयोजनमा हुने मार्सल तालिममा एफआईएम एसियाका उपाध्यक्ष सुजित कुमार, एफएमएससीआईका वरिष्ठ प्रशिक्षक सञ्जय सुनेजा लगायतका अन्तराष्ट्रिय स्तरका प्रशिक्षकले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । मार्सल तालिममा देशभरका ७० जनाले प्रशिक्षण लिने मोटोभर्स स्पोर्ट्सका अध्यक्ष आशिष रौनियारले जानकारी दिए ।
तालिम अन्तर्गत मार्सलिङ टेक्निक, सेफ्टी प्रोटोकल, रेस अफिसियल्स, इभेन्ट म्यानेजमेन्ट, -याली र टुरिङ लगायतका विषयमा प्रशिक्षण दिइने छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालसँग आबद्ध भएका क्लब प्रतिनिधि, स्वयमसेवक र मोटर स्पोर्ट्ससँग सम्बन्धित इच्छुक व्यक्तिले मार्सल तालिममा भाग लिन सक्नेछन् ।
सहभागिताका लागि नाम दर्ता प्रक्रिया भदौ २२ सम्म खुल्ला रहने क्लबले जनाएको छ । नेपाली मोटरसाइक्लिङको क्षेत्रमा पहिलो पटक सबैभन्दा ठुलो प्राविधिक तालिम आयोजना हुन लागेको क्लबले जनाएको छ ।
चितवन – चितवनको भरतपुरमा सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिप राउन्ड...
चितवन – चितवन महिला मोटर -याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न...
अन्श्री बराल सम्भवतः नेपालकै कान्छी राइडर र रेसर बन्ने क्रममा छिन् । हाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...