भदौ २८ र २९ गते मोटरसाइकल मार्सल तालिम हुने

काठमाडौं – नासा नेपाल ट्रेनिङ्ग तथा मार्सल कमिसन र मोटरसाइक्लिङ कमिसनसँगको सहकार्यमा फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम) को मार्सल तालिम नेपालमा पहिलो पटक आयोजना हुने भएको छ । मोटोभर्स स्पोर्ट्स क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम आगामी भदौं २८ र २९ गते काठमाडौंमा हुन लागेको हो ।

फर्मुला वान र मोटोजिपी जस्ता इभेन्टहरुका अनुभवी प्रशिक्षकबाट मार्सल तालिम सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ ।

एफआईएम एसियाको संयोजनमा हुने मार्सल तालिममा एफआईएम एसियाका उपाध्यक्ष सुजित कुमार, एफएमएससीआईका वरिष्ठ प्रशिक्षक सञ्जय सुनेजा लगायतका अन्तराष्ट्रिय स्तरका प्रशिक्षकले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । मार्सल तालिममा देशभरका ७० जनाले प्रशिक्षण लिने मोटोभर्स स्पोर्ट्सका अध्यक्ष आशिष रौनियारले जानकारी दिए ।

तालिम अन्तर्गत मार्सलिङ टेक्निक, सेफ्टी प्रोटोकल, रेस अफिसियल्स, इभेन्ट म्यानेजमेन्ट, -याली र टुरिङ लगायतका विषयमा प्रशिक्षण दिइने छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालसँग आबद्ध भएका क्लब प्रतिनिधि, स्वयमसेवक र मोटर स्पोर्ट्ससँग सम्बन्धित इच्छुक व्यक्तिले मार्सल तालिममा भाग लिन सक्नेछन् ।

सहभागिताका लागि नाम दर्ता प्रक्रिया भदौ २२ सम्म खुल्ला रहने क्लबले जनाएको छ । नेपाली मोटरसाइक्लिङको क्षेत्रमा पहिलो पटक सबैभन्दा ठुलो प्राविधिक तालिम आयोजना हुन लागेको क्लबले जनाएको छ ।

सम्बन्धित समाचारहरू

डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिज चल्दै, मोटरस्पोर्ट्स र रेसिङ कल्चर बढाउँदै

डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिज चल्दै, मोटरस्पोर्ट्स र रेसिङ कल्चर बढाउँदै

काठमाडौं – धुलिखेलस्थित नेपालको पहिलो र एक मात्र मोटोकस रेसट्रयाक डर्ट...

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली खेलाडी, तीन दिन सम्म विभिन्न कार्यक्रम हुने

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली खेलाडी, तीन दिन सम्म विभिन्न कार्यक्रम हुने

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को बहुप्रतिक्षित कार्यक्रम...

पोखरामा पहिलो पटक पोखरा मोटो–इन्ड्युरो क्रस च्याम्पियनसिप २०२४ हुने

पोखरामा पहिलो पटक पोखरा मोटो–इन्ड्युरो क्रस च्याम्पियनसिप २०२४ हुने

पोखरा – पोखरा राइडर्स क्लबको आयोजनामा ‘पोखरा मोटो–इन्ड्युरो क्रस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...