नासा नेपालका मार्सलको ओरिएन्टेसन सम्पन्न, विभिन्न कार्यक्रमको घोषणा

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले विगत एक दशक देखिको मार्सलिङको समीक्षाका साथ मार्सल ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्स हलमा आयोजित सो कार्यक्रममा पहिले देखि नै नासाद्वारा आयोजित विभिन्न इभेन्टमा सहभागी भएका र आगामी दिनमा सहभागी हुने सम्भावित मार्सलहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा मार्सलको क्याटागोरी र उनीहरुका लागि आवश्यक शुल्कको समेत निर्धारण गरिएको छ । आगामी वर्ष गरिने विभिन्न इभेन्टको घोषणा गरिनुका साथै आगामी दुई वर्षका लागि मार्सल एन्ड भोलुन्टियर कमिसनको समेत घोषणा गरिएको छ ।

सो कमिसनमा आशीष लामिछाने, प्रमोद श्रेष्ठ ‘गुफी’, अमर ज्योति रञ्जित, विनोद तण्डुकार, राज प्रकाश नकर्मी, दयाराम न्यौपाने र मिङमा लामा रहेका छन् । आगामी वर्ष मार्सल एन्ड भोलुन्टियर डे मनाउनुका साथै अवार्ड समेत प्रदान गरिने छ ।

सो अवसरमा एफआईए र एफआईएम तथा नासा नेपालद्वारा आयोजित विभिन्न कार्यक्रम तथा यसमा मार्सलको भूमिका वारेमा नासा नेपालका उपाध्यक्ष सीताराम न्यौपाने र मार्सलको कार्य तथा दायित्व वारेमा सचिव सन्तोष न्यौपानेले प्रकाश पारेका थिए ।

अटोमोबाइल सम्बन्धी विभिन्न रेसिङ र अन्य इभेन्टमा सहयोगीको भूमिका खेल्ने मार्सलहरु भोलुन्टियर देखि एड्भान्स मार्सल सम्म गरी चार क्याटागोरीको हुने छन् । उनीहरुको छनोटका लागि परीक्षा समेत लिइएको छ ।

सोही अवसरमा आगामी दुई वर्षका लागि एथ्लेट कमिसन समेत गठन गरिएको छ । उपेन्द्र प्याकुरेलको संयोजकत्वमा गठित सो कमिसनमा वर्षा वस्नेत, कृष्ण पौडेल, अमन चौधरी, कुन्दन श्रेष्ठ, प्रत्युष कुइकेल र रोनी भारती रहेका छन् ।

एक्सप्लोर द ट्रयाक अन्तर्गत यसै महिना भारतको बैंग्लोरमा आयोजित कार्ट्स तथा मोटरसाइकल ट्रेनिङमा सहभागी तथा प्रतियोगितामा विजयीहरुलाई समेत सो अवसरमा शिल्ड तथा प्रमाणपत्र वितरण गरियो ।

सन् २०२२ को समापनको पूर्व सन्ध्यामा आयोजित सो कार्यक्रममा एफआईए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले एफआईए तथा एफआईएमद्वारा आगामी दिनमा नेपालमा आयोजना गरिने अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम वारेमा जानकारी प्रदान गरेका थिए । उनले आगामी वर्ष १०० गल्र्स इन मोटरसाइक्लिङ, सी टु हिमालयज र एफवान इन स्कुल्सको सेकेन्ड एडिसनका साथै -यालीक्रसको नेसनल च्याम्पियनसिप गरी चार वटा इभेन्टको आयोजना गरिने घोषणा गरे ।

कार्यक्रममा लाइफ कोच सुवाश पौडेलले माइन्ड म्यानेजमेन्ट वारेमा उत्प्रेरणामूलक प्रस्तुति गरेका थिए ।

सो कार्यक्रममा नासा नेपालका अध्यक्ष दशरथ रिसालका साथै उपाध्यक्ष सीताराम न्यौपाने, महासचिव सुशील तण्डुकार, सचिवद्वय निरज खड्का र सन्तोष न्यौपानेका साथै विभिन्न राइडर तथा यस क्षेत्रमा चासो राख्ने विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरू

९५ लाख खर्चमा मोटर स्पोर्ट्स सम्बन्धी फर्मुला वानको कार्यक्रम नेपालमा संचालन हुने

९५ लाख खर्चमा मोटर स्पोर्ट्स सम्बन्धी फर्मुला वानको कार्यक्रम नेपालमा संचालन हुने

काठमाडौं – मोटर स्पोर्ट्समा संलग्न नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा...

नासा बैठक सम्पन्न, यस्ता छन् आगामी कार्ययोजना

नासा बैठक सम्पन्न, यस्ता छन् आगामी कार्ययोजना

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन केन्द्रीय तदर्थ समितिको बैठक हालै...

धुलिखेलमा सवारी सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न

धुलिखेलमा सवारी सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं – नासा नेपालको सहकार्यमा धुलिखेल क्याम्पस, धुलिखेल काभ्रेमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...