टोयोटाले इलेक्ट्रिक कारका लागि म्यानुअल गियरबक्स बनाउने

जापानी कार निर्माता कम्पनी टोयोटाले यसको डिजाइन र प्रविधिको सुरक्षा गर्न धेरै पेटेन्ट गरेको छ, जसमा ब्याट्री–इलेक्ट्रिक मोटर र तीन–प्याडल लेआउटको साथ एच–प्याटर्न म्यानुअल ट्रान्समिशन समावेश छ । जुन २१, २०२१ मा जापानी कार निर्माताले संयुक्त राज्य पेटेन्ट र ट्रेडमार्क कार्यालयमा कुल ८ प्याटेन्टहरू दायर गरेको छ ।

ईभी ड्राइभ गर्दा म्यानुअल आईसीई कार जस्तो अनुभव प्राप्त गर्न जापानी कार निर्माता टोयोटाले एउटा प्रविधि ल्याएको छ । जसले ईभीलाई चलाउन एच–प्याटर्न म्यानुअल गियरबक्स र क्लच प्याडलको उपयोग गर्छ । इलेक्ट्रिक सवारीमा एक्सिलेटर, ब्रेक, क्लच, गियरबक्स र ह्विल स्पिड सेन्सरहरूबाट संकेत दिन्छ । यसको साथै यसले सफ्टवेयरको मद्दतले अन्य सेन्सर र प्रविधिहरू नियन्त्रण गर्छ ।

इलेक्ट्रिक सेन्सरको मद्दतले पेट्रोल वा डिजेलबाट चलेको अनुभव दिने इलेक्ट्रिक मोटरको पावर सप्लाई र टर्क विशेषताहरूलाई मोड्युलेट गछ । पेटेन्ट आवेदनको समयमा संयन्त्रको कामको वर्णन गर्नका लागि स्युडो–गियरशिफ्ट, स्युडो क्लच प्याडल र स्युडो इन्जिन स्पिड मिटर जस्ता शब्दको प्रयोग गरिन्छ । आवेदनमा क्लच फिल, सवारी रोक्ने, हिल स्टार्ट र रिभर्सिङ जस्ता मापदण्डहरूलाई पनि ध्यानमा राखिएको छ ।

इलेक्ट्रिक भविष्यमा म्यानुअल ट्रान्समिसनले नगण्य भूमिका खेल्नेछ साथै टोयोटाले म्यानुअल रूपमा गियरहरू परिवर्तन गर्न रुचाउनेहरूलाई खुसी पार्न कदम चालेको छ । टोयोटाका इन्जिनियरहरूले इलेक्ट्रिक सवारी साधनको लागि आईसीई म्यानुअल निर्माण गर्नेछ । तर कारको आवाज भने अपरिवर्तन हुनेछ । यसको कमीलाई पूरा गर्न केही निर्माताहरूले पहिले नै साधनमा स्पिकरको मार्फत नक्कली एक्जस्ट आवाज दिनेछ ।

सम्बन्धित समाचारहरू

ट्रान्समिसनमा समस्या आएपछि टोयोटाले फिर्ता बोलायो ल्यान्ड क्रुजर एलसी–३००

ट्रान्समिसनमा समस्या आएपछि टोयोटाले फिर्ता बोलायो ल्यान्ड क्रुजर एलसी–३००

टोयोटाले अटोमेटिक ट्रान्समिसन सम्बन्धी सफ्टवेयर अपडेटका लागि भारतमा...

थप फिचरले भरिपूर्ण फर्चुनरको अपडेटेड नयाँ मोडल लन्च

थप फिचरले भरिपूर्ण फर्चुनरको अपडेटेड नयाँ मोडल लन्च

टोयोटा मोटरले फेसलिफ्ट एसयूभी फर्चुनरको नयाँ लिडर भेरिएन्ट लन्च गरेको छ ।...

फिंगर प्रिन्टबाटै स्टार्ट गर्न सकिने टोयोटा ल्यान्डक्रुजर एलसी ३०० सार्वजनिक, नेपालमा ५ करोड बढी मूल्य पर्ने

फिंगर प्रिन्टबाटै स्टार्ट गर्न सकिने टोयोटा ल्यान्डक्रुजर एलसी ३०० सार्वजनिक, नेपालमा ५ करोड बढी मूल्य पर्ने

टोयोटाको लोकप्रिय एसयूभी ल्यान्डक्रुजर एलसी ३०० को नयाँ जेनेरेसन ग्लोबल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...