असार ५ देखि म्याङ्‌गो राइड हुने

दि हिमालय मोटरसाइकल एक्सपेरियन्सले हरेक वर्ष आयोजना गर्दै आएको ‘म्याङ्गो राइड’ यस वर्ष असार ५ गतेदेखि ८ गतेसम्म सञ्चालन गर्ने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिने यस राइडमा सहभागी राइडरहरूलाई बगैंचामै पुगेर अर्गानिक आँपको स्वाद लिने र नेपाली बारीको आँप प्रबर्द्धन गरिने जनाइएको छ ।

सो राइड काठमाडौं देखि प्रारम्भ भएर कुरिनटार, चितवन, सौराहा, ठोरी, वीरगन्ज, बर्दिबास, लहान, आँप फार्म हुँदै फेरि बर्दिबास, भीमान, हेटौंडा, कुलेखानी हुँदै काठमाडौंमा समापन हुनेछ । सो राइडको मुख्य प्रायोजक रोयल इन्फिल्ड नेपाल रहेको छ भने ट्राभल पार्टनर नेपाल पर्यटन बोर्ड रहेको छ ।

क्लबका अनुसार ‘म्याङ्गो राइड’ ले पर्यटकलाई ग्रामीण भेगसँग जोड्दै स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत टेवा पुर्‍याउनेछ । दि हिमालय मोटरसाइकल एक्सपेरियन्सले देशका विभिन्न स्थानमा नयाँ–नयाँ रुटहरूको खोजी गर्दै भ्रमण गर्ने, त्यहाँको वस्तुस्थिति अवलोकन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने कार्य गर्दै आएको जनाएको छ ।

सन् २०१५ मा चार जनाबाट सुरु भएको यस क्लबले कोरोना महामारी र मधेस आन्दोलनको अवधिबाहेक हरेक वर्ष असारको पहिलो शुक्रबारदेखि नियमित रूपमा राइड आयोजना गर्दै आएको छ । क्लबका सदस्यहरू हालसम्म करिब ७० जिल्लामा पुगिसकेका छन् ।

यसका साथै क्लबले विभिन्न सामाजिक संस्था, विद्यालय तथा आश्रमहरूमा सहयोग पुर्‍याउने, प्राकृतिक विपत्तिका समयमा राहत कार्यमा सहभागी हुने जस्ता सामाजिक कार्यहरू पनि गर्दै आएको छ । विभिन्न स्थानमा आयोजना गरिने राइडका क्रममा ट्राफिक सचेतना, सडक सुरक्षा लगायत विषयमा जनचेतना फैलाउने र च्यारिटी राइड सञ्चालन गर्ने कार्यलाई पनि निरन्तरता दिइएको छ ।

गत वर्ष सम्पन्न आठौं ‘म्याङ्गो राइड’ को अवसरमा लहानस्थित मुसहर बस्तीका करिब २०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै उनीहरूको परिवारलाई झुल उपलब्ध गराइएको थियो । उक्त कार्यक्रमको उद्घाटन पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले गरेका थिए । यस वर्षको म्याङगो राइडमा पनि विशिष्ट व्यक्तित्वको सहभागिता गराइने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचारहरू

कस्तो हुनेछ रोयल इनफिल्डको दोस्रो इलेक्ट्रिक मोटरसाइकल ? भारतमा पेटेन्ट डिजाइन दायर

कस्तो हुनेछ रोयल इनफिल्डको दोस्रो इलेक्ट्रिक मोटरसाइकल ? भारतमा पेटेन्ट डिजाइन दायर

रोयल एनफिल्डले भारतमा आफ्नो फ्लाइङ फ्ली एस६ स्क्र्याम्बलरको डिजाइन...

रोयल इन्फिल्डले हासिल ग-याे १० लाख युनिट बिक्रीको नयाँ रेकर्ड

रोयल इन्फिल्डले हासिल ग-याे १० लाख युनिट बिक्रीको नयाँ रेकर्ड

रोयल इन्फिल्डले हालसम्मकै सर्बधिक बिक्रीको रेकर्ड कायम गरेको छ । कम्पनीले...

रोयल इन्फिल्डले लन्च ग-यो गुरिल्ला ४५० को लागि नयाँ एसेसरिज

रोयल इन्फिल्डले लन्च ग-यो गुरिल्ला ४५० को लागि नयाँ एसेसरिज

स्पेनमा लन्च भएदेखि रोयल इन्फिल्ड गुरिल्ला ४५० ले विश्वभरका मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...