बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
चितवन – मनकामना केबुलकार २२ बर्ष पुरा गरी २३औं बर्षमा प्रवेश गरेको छ । २३ औं वर्ष प्रवेशको अवसरमा मनकामना दर्शन प्रालिले आफूप्रति विश्वास राख्ने यात्रु, श्रद्धालु भक्तजनका साथै केबुलकारलाई हरेक समय साथ दिने स्थानीय बासिन्दा, संघ संस्था लगायत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै महानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । आगामी दिनहरुमा पनि सुरक्षाका मापदण्ड कायम गर्दै स्तरीय सेवा दिने प्रण समेत गरेको छ ।
०५५ मंसिर ८ देखि व्यावसायिक रुपमा सञ्चालनमा आएको कम्पनीले चितवनको चेरेसबाट मनकामना देवीको मन्दिर रहेको मनकामनासम्म भक्तजन, पर्यटक तथा स्थानीयलाई केबुलकार सेवा प्रदान गर्दै आएको छ ।
करिब २.८ किलोमिटर लम्बाइको केबुलकारको क्षमता ६ सय यात्रु प्रतिघण्टा रहेको छ भने ३१ वटा प्यासेन्जर र ३ वटा कार्गो केबुलकार सञ्चालनमा छन् । नेपालमा पहिलो व्यावसायिक केबुलकारको रुपमा मनकामना केबुलकारको निर्माण चितवन कोइ नामक निजी कम्पनीबाट भएको हो ।
६० करोड खर्च भएको मनकामनामा दैनिक हजारौ दर्शनार्थी तथा यात्रुहरुको भीड लाग्ने गर्छ । मनकामना केबुलकार सफलतापूर्वक सञ्चालन गरेपछि चितवन कोइको उत्साह बढेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...