कम्पोनेन्ट्स शोमा मकासले सार्वजनिक ग-यो सवारी साधनमा लाग्ने फिल्टरका सबै रेन्ज

भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स शोमा मकासले सवारी साधनमा लाग्ने फिल्टरका सबै रेन्ज सार्वजनिक गरेको छ । आफ्टर मार्केट अटो पार्ट्स उत्पादनका लागि विशेष गरी क्लच लगायतका पार्ट्स उत्पादनका लागि लोकप्रिय कम्पनी मकास अटोमोटिभ अब फिल्टर उत्पादनमा समेत लाग्ने घोषणा गरेको हो ।

मकासले आयल फिल्टर र एयर फिल्टर लगायतका सबै रेन्ज उपलब्ध गराउने र यसको उत्पादन शुरु भएको मकास अटोमोटिभका डिजाइन हेड सञ्जिव प्रसादले नेपाल अटोलाई बताए ।

माइक्रो नानो पार्टिकलयुक्त एयर फिल्टर र ल्युव आयलयुक्त फिल्टर लगायतका प्रविधिले मकासको फिल्टरलाई विशेष सुविधायुक्त बनाउने उनले बताए ।

सबै प्रकारका हेभी कमर्सियल भेइकल सम्म मकासको क्लच र अन्य कम्पोनेन्ट प्रयोग हुन्छ । कम्पनीले १६० डाया देखि ४३० डाया सम्म सम्पूर्ण रेन्जका क्लच उत्पादन गर्छ । भारतको चार स्थानमा यसको कारखाना छ । थ्री ह्विलर देखि फोर ह्विलर सबै गाडीमा यसको प्रयोग हुन्छ ।

टाटा मोटर्स, आइसर, अशोक लेल्यान्ड आदि गाडीमा यसको प्रयोग हुन्छ । क्लच प्लेट, क्लच एसेम्बली, लिभर किट, प्रेसर प्लेट र क्लचसँग सम्बन्धित सबै कम्पोनेन्ट मकास अटोमोटिभले उत्पादन गर्छ ।

सम्बन्धित समाचारहरू

बीएस६ मा जान कार र मोटरसाइकललाई छैन समस्या, कमर्सियलमा भने यस कारण हुन सक्छ समस्या

बीएस६ मा जान कार र मोटरसाइकललाई छैन समस्या, कमर्सियलमा भने यस कारण हुन सक्छ समस्या

सवारीसाधनको प्रदूषण मापदण्ड बीएस३ बाट एकैपटक बीएस६ मा जाने सरकारी...

काठमाडौं महोत्सवको ‘फायर सेफ्टी सर्पोटर’मा हिट्को

काठमाडौं महोत्सवको ‘फायर सेफ्टी सर्पोटर’मा हिट्को

काठमाडौं – आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको...

साझा यातायातले अपडेट सहित ल्यायो साझा प्लस एप, बसको रुट र अन्य विवरण हेर्न सकिने

साझा यातायातले अपडेट सहित ल्यायो साझा प्लस एप, बसको रुट र अन्य विवरण हेर्न सकिने

काठमाडौं – साझा यातायातले अपडेट सहितको नयाँ एप ‘साझा प्लस’ ल्याएको छ । उक्त...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...