संचालनमा आयो ८ करोड लगानीमा बनेको मैनाबगर अटोल्यान्ड

नेपालकै नमूना अटो भिलेज मानिएको बुटवल–२ मैनाबगरमा अबस्थित मैनाबगर अटोल्यान्ड संचालनमा आएको छ । बुटवलका ४ जना युवा अटो ब्यावसायी मिलेर करिब ८ करोड लागतमा बनेको उक्त अटो ल्यान्डको हिजो लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री र नेपालमा लागि महिन्द्रा गाडीको आधिकारिक बितरक अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा समेत सहभागी भएका थिए ।

उक्त अटोल्यान्डका अध्यक्ष सुदन ज्ञवालीले भाडाका सवारीधनिको मर्कालाइ बुझेर २४ सै घन्टा सर्भिस दिनेगरी योजना बनाएको बताए । कम्पनीलाइ सातै प्रदेशमा बिस्तार गर्ने लक्ष्य रहेको र भबिष्यमा प्रालीबाट पब्लिक लिमेटेड मा लैजाने आफूहरुको योजना रहेको बताउँदै उनले मैनाबगरको यो अटो भिलेजलाइ स्थायी रुपमा अटो हवमा परिणत गरि पुर्वाधार बिकासमा लगानी गर्न सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

अटोल्यान्डमा ४० जना बढीले रोजगार पाउने बताइएको छ । यो अटो ल्यान्ड महिन्द्रा गाडीको मर्मत सम्भार सम्बन्धि सेवामा केन्द्रित रहेन गरी संचालनमा आएको हो । यहाँ महिन्द्राका सबै किसिमका गाडीहरुको मर्मत सम्भार तथा डेन्टिङ–पेन्टिङ सम्बन्धि कार्य गरिने अध्यक्ष ज्ञवालीले जानकारी गराए । अटोल्यान्डमा सुदन ज्ञवाली, अभिमन्यू पोख्रेल, नवराज सुवेदी र विष्णुप्रसाद पाण्डेको संयुक्त लगानी रहेको छ ।

सम्बन्धित समाचारहरू

जब महावीर पुनले कार भन्दा सस्तो जेसीबी देखे ……

जब महावीर पुनले कार भन्दा सस्तो जेसीबी देखे ……

राष्ट्रिय आविष्कार केन्द्र चलाइरहेका अभियन्ता महावीर पुनको दिमागमा...

महिन्द्रा एक्सयूभी ३०० फेसलिफ्टको नेपालमा बिक्री शुरु हुँदै, यस्ता छन् फिचर र पावरट्रेन

महिन्द्रा एक्सयूभी ३०० फेसलिफ्टको नेपालमा बिक्री शुरु हुँदै, यस्ता छन् फिचर र पावरट्रेन

महिन्द्रा एक्सयूभी ३०० को फेसलिफ्ट मोडल ‘टर्वो स्पोर्ट’ छिट्टै नेपाली...

के हो कारमा हुने ट्रयाक्सन कन्ट्रोल सिस्टम ?

के हो कारमा हुने ट्रयाक्सन कन्ट्रोल सिस्टम ?

कार खरिद गर्ने सोचमा हुनुहुन्छ भने कारमा पाइने सेफ्टी फिचरको बारेमा विशेष...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...